आवश्यकता भए तालमेल : प्रधानमन्त्री देउवा

आवश्यकता भए तालमेल : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन् ।

धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै आज देउवाले भने,‘सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।’
प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए ।

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।
उनले ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको बताए ।