हतियार देखाएर रकम असुल्ने पक्राउ

हतियार देखाएर रकम असुल्ने पक्राउ


काठमाडौंमा हतियार देखाएर रकम असुली गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कान्छा लामा र विराज तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र केही राउण्ड गोली बरामद गरेको जनाइएको छ ।