निर्वाचन कार्यक्रम आज सार्वजनिक

निर्वाचन कार्यक्रम आज सार्वजनिक


निर्वाचन आयोगले निर्वाचन कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जनाएको हो ।

पदाधिकारीको दिउँसो बस्ने बैठकपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

संघ र प्रदेश निर्वाचनको मिति मंसिर १० र २१ मा गरी २ चरणमा गर्ने सरकारी निर्णयसंगै क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समेत आयोगले प्राप्त गरेपछि आयोगले कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।