बेथिति सुधार गर्न तेजुलाल प्रतिबद्ध

बेथिति सुधार गर्न तेजुलाल प्रतिबद्ध


युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले आफूले पाएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदमा रहेका बेथिति सुधार गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषदले राज्यमन्त्री चौधरीको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले राज्यमन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए भने परिषद्का कर्मचारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गरेका थिए ।

सो अवसरमा कुनै पनि क्षेत्रको विकास गर्न एक्लैको भन्दा पनि सामूहिक प्रयासबाट सम्भव हुने बताउँदै सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न राज्यमन्त्री चौधरीले आग्रह गरेका थिए । त्यस्तै सदस्य–सचिव विष्टले खेल क्षेत्र बुझेको र खेलकुदमै समर्पित व्यक्तिले खेलकुदको जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको विषय भएको बताए ।