पत्रकार राईको उपचारमा सहयोग

पत्रकार राईको उपचारमा सहयोग


धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको मुटुको उपचारका लागि सहयोग पु¥याउन सुनसरीका पत्रकारले रु ३० हजार एकापसमा संकलन गरेका छन् । महासङ्घ सुनसरी शाखाका अध्यक्ष अमर खड्का तथा सुनसरीका पत्रकार याम प्रधानको सक्रियतामा इटहरीमा जम्मा भएका १६ सञ्चारकर्मीले आफ्नो गक्ष्यअनुसार सो रकम जम्मा गरेका हुन् ।

इटहरीमा उठेको रकमबाहेक धरानका सञ्चारकर्मी र महासङ्घ सुनसरी शाखाको सक्रियतामा तत्काल उपचार सहयोगका लागि आज सो रकम राजधानी काठमाडौँको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका राईलाई पठाइने अध्यक्ष खड्काले बताउनुभयो । रासस