राजपा अध्यक्ष मण्डलमा त्रिपाठी

राजपा अध्यक्ष मण्डलमा त्रिपाठी


हृदयेश त्रिपाठी राजपा अध्यक्ष मण्डलमा चयन भएका छन् ।राजपा अध्यक्ष मण्डलको बैठकले त्रिपाठीलाई स्थायी आमन्त्रित सदस्य चयन गरेको हो ।

त्रिपाठी थपिएपछि राजपाको अध्यक्ष मण्डल सात सदस्यीय भएको छ । वैशाख सात गते ६ पार्टीको एकतापछि राजपा गठन भएको थियोे ।

पार्टी गठनसँगै सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलमा रहेका छन् । आफूभन्दा कनिष्ठलाई अध्यक्षमण्डलमा राखिएको भन्दै त्रिपाठी असन्तुष्ट बन्दै आएका थिए ।

राजपाको बैठकले २७ सदस्यीय राजनीतिक समिति पनि गठन गरेको छ । ७७ जनाको केन्द्रीय सचिवालय गठन भएको राजपाले जनाएको छ । यससँगै राजपा भित्रको विवाद केही हदसम्म कम भएको देखिन्छ ।