मेयरकप फुटसल, १३ नं. वडालाई एक लाख

मेयरकप फुटसल, १३ नं. वडालाई एक लाख


काठमाडौं वडा नम्बर १३ ले मेयर कप फुटसलको उपाधि जितेको छ । चमती फुटसलमा भएको फाइनलमा १३ ले वडा नम्बर १७ लाई ११–३ को भारी गोलअन्तरले पराजित गरेको हो । उपाधिसँगै १३ ले १ लाख नगद पुरस्कार पायो भने १७ ले ५० हजार नगदमा चित्त बुझायो ।

उपाधि विजेताका अभय राना फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए । प्रतियोगिताभर १२ गोल गरेका अभय सर्वाधिक गोलकर्ता पनि बने । त्यस्तै वडा नम्बर तेह्रका विशाल शाही उत्कृष्ट गोलरक्षक र वडा नम्बर पाँचका सुजित प्रजापति उत्कृष्ट खलाडी घोषित भए । सर्वाधिक गोलकर्ता र उत्कृष्टले समान ७ हजार मुल्य बराबरको गिफ्ट ह्याम्पर पाए ।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । प्रतियोगितामा १६ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता युवा संघ नेपाल २५ र २७ नं. वडाद्वारा संयुक्त आयोजित गरिएको थियो ।