राजीनामा दिन देउवालाई ओलीको सुझाव

राजीनामा दिन देउवालाई ओलीको सुझाव


प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले आज गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतमा पुगेर प्रधानमन्त्री देउवाले देशको बेइजत गरेको भन्दै देउवाले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

ओलीले भने,‘भारतमा गएर तोकेको काम गर्न सकिँन भन्दै भारत पुगेर शरण पर्नुभन्दा भारत गएर गिडगिडाउनु भन्दा सकिँन भन्दै राजीनामा दिएको भए राम्रो हुन्थ्यो ।’

ओलीले संसदले टुंगो लगाइसकेको विषयमा विदेशमा गएर शरण पर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
ओलीले निर्वाचन क्षेत्र निधारण आयोग समेत सत्ता दलको प्रभावमा परेको आरोप लगाए ।

ओलीले नेपालमा भ्रष्टाचार नियन्त्रण र निर्मुलन गर्नुपर्ने बताए । भ्रष्टाचारलाई समाप्त पार्दै भ्रष्टहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिर्दै ओलीले राज्य सत्ताको चरम दुरुपयोग भएको बताए ।

राज्यशक्तिको संरक्षणमा राज्यको हैसियत प्रयोग गरेर नै भ्रष्टाचार भइरहेको बताउँदै उनले राज्यसत्ताको दुरुपयोग गरेर हुने भ्रष्टाचारलाई एमाले वा नागरिक एक्लैले रोक्न गाह्रो हुने समेत जिकिर गरे ।