गुरुयोजनाले रोकियो ‘फाष्ट ट्रयाक’ !

गुरुयोजनाले रोकियो ‘फाष्ट ट्रयाक’ !


काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम रोकिएको छ । राजधानीलाई पूर्वी तराईसंग जोडने सबैभन्दा छोटो बाटो द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएसंगै  छिटो सम्पन्न गरिने अपेक्षा गरिएपनि गुरुयोजना तयार  हुन नसक्दा काम अघि बढ्न सकेको छैन् ।

राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मेवारीलाई सेनाले अवसरका रुपमा लिएको जनाएको छ । गुरुयोजना तयार नहुँदा सो ट्याक तोकिएको समयमा निर्माण हुनेमा आशंका पैदा भएको छ ।

‘फाष्टट्रयाक कस्तो र कसरी बनाउने गुरु योजना अंझै टुंगो लाग्न सकेको छैन्, यसले काम रोकियो’–नेपाली सेना स्रोतले भन्यो । यता सेनाले गुरु योजाना बाहेकका अन्य तयारीलाई भने तिव्रता दिएको दावी गरेको छ ।

फाष्ट्रट्रयाक निर्माणमा तैनाथ गर्नु पर्ने सेनाका लागि लतिपुरको खोकनादेखि निजगढसम्म १० वटा क्याम्प बनाउने तयारी गरिएको छ ।

प्रत्येक क्याम्पमा एक सय जना सैनिक तैनाथ गरिने र अहिले पांचवटा क्याम्प बनिरहेको छ भने ट्रयाकमा गएको पहिरो पन्छाउने काम पनि संगसंगै भैरहेको नेपाली सेनाले जनाएको छ ।

भारतले तयार पारेकै डिपिआर विज्ञहरु सहित सेनाले अध्ययन गरिरहेको छ । अध्ययन टोलीले तयार पार्ने प्रतिवेदन पछि मात्रै त्यही डिपिआर खरिद गर्ने कि नयाँ बनाउने टुंगो लाग्ने सेनाले जनाएको छ ।