राष्ट्रिय पुनर्निर्माण कोष गठन नहुने

राष्ट्रिय पुनर्निर्माण कोष गठन नहुने


अन्ततः बहुचर्चित ‘राष्ट्रिय पुनर्निर्माण कोष’ तत्कालका लागि गठन नहुने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि ०७३ जारी गरि प्रक्रिया अघि बढाएपनि अर्थमन्त्रालयले सहमती नदिदाँ तत्काल कोष गठन गर्न कठिनाइ भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले घटना र विचारलाई जानकारी दिए ।

प्राधिकरण कार्यकारी समितिले गत वर्ष असार २६ गते कार्यविधि जारी गरेको थियो । भूकम्पलगत्तै जारी भएको भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन ०७२ मा पनि पुनर्निर्माण कोषको व्यवस्था थियो ।

कार्यविधिअनुसार कोष सञ्चालन भएको भए प्राधिकरणले पुनर्निर्माणको रकमप्राप्तिकालागि पटकपटक अर्थ मन्त्रालय धाउनुपर्ने थिएन, तर तत्काल नहुने भयो,–भुसालले भने ।

उनका अनुसार कोष गठन नभएपनि प्राधिकरणले नियमित बजेटबाट आफ्नो काम गर्नेछ तर पुनर्निर्माणको काम सोचेअनुरुप अघि बढाउन कठिन हुनेछ ।

संसदीय समितिहरुमा पनि यसबारेमा निकै कुरा उठेपनि अर्थकै कारण कोष गठन हुन नसकेको प्राधिकरण बताउछ ।

प्राधिकरणका अनुसार सिंहदरबारको पुनर्निर्माण, आवास र्निमाण, भत्किएका भवन र्निमाणको कामलाई यतिबेला प्राधिकरणले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । –विजय दमासे