‘स्वेच्छाचारी रुपमा लोकतन्त्र चल्न सक्दैन’

‘स्वेच्छाचारी रुपमा लोकतन्त्र चल्न सक्दैन’


नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाउनुभयो ।

हालै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा/बढुवा गरेकामा विरोध जनाउनुभयो ।

एमालेका उपाध्यक्षसमेत रहनुभएका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सञ्चालन गरेको आरोप लगाउँदै लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि नियमबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो ।  त्यसबारे सभामुख ओनसरी घर्तीले के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।