सरकारले सहसचिवहरुलाई सेवा पुरस्कार दिने

सरकारले सहसचिवहरुलाई सेवा पुरस्कार दिने


सरकारले १० जना सहसचिवहरुलाई निजामती कर्मचारी सेवा पुरस्कार दिने निर्णय पनि गरेको छ । सहसचिवहरु दिपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेडाईँ, जगन्नाथ बराल, लक्ष्मीदत्त कलैनी, प्रल्हादकुमार योगी र अनिल खनाललाई निजामती कर्मचारी सेवा पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले विपद् व्यवस्थापन न्यूनिकरण विधेयक तत्काल संसदमा पेश गर्ने भएको छ । सोमबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले विपद् व्यवस्थापन न्यूनिकरण विधेयक सोझै संसदमा पेश गर्ने निर्णय गरेको हो ।

विपद व्यवस्थापन न्यूनिकरण सम्बन्धि विधेयक तत्काल संसदमा पेश गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले निजामती सेवा पुरस्कार छनौट गर्न मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा समितिनै गठन गरेको थियो ।

समितिले सहसचिव बाहेक अन्य तहका ३० जनालाई पनि निजामती सेवा पुरस्कार प्रदान गर्न गरेको सिफारिसलाई पनि मन्त्रीपरिषद बैठकले स्विकृत गरेको मन्त्री बस्नेतले जानकारी दिए ।