एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा एक अंक जोड्ने बताउँदै एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण हुने बताए । पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर फर्किएको हो ।
एसिया कपमा छनोटका लागि नेपाललाई जित्नैपर्ने दबाब रहेको ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमलाई उद्धृत गर्दै राससले जनाएको छ । ज्ञात रहोस्, एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन छ ।
प्रतिक्रिया