सप्तरीका स्थानीय तहमा को–को खटिए निर्वाचन अधिकृत ?

सप्तरीका स्थानीय तहमा को–को खटिए निर्वाचन अधिकृत ?


राजविराज । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि सप्तरी जिल्लाका निर्वाचन अधिकृत स्थानीय तहमा खटिइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरी जिल्लामा १८ वटा स्थानीय तहअन्तर्गत खड्ग नगरपालिकामा रिताकुमारी बख्रेल, सुरुङ्गा नगरपालिकामा पुण्यप्रसाद सापकोटा, शम्भुनाथ नगरपालिकामा नवराज आचार्य, बोदेबरसाइन नगरपालिकामा इश्वरीप्रसाद भण्डारी, डोक्नेश्वरी नगरपालिकामा प्रमेश पोखरेल, हनुमाननगर कंकालिनी नगरपालिकामा लोकबहादुर कटुवाल, कन्चनरुप नगरपालिकामा लोकनाथ पराजुली, सप्तरीकोशी नगरपालिकामा राजेन्द्रकुमार लम्साल र राजविराज नगरपालिकामा मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालालाई खटाइएको जिल्ला निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

त्यस्तै, तिरहुत गाउँपालिकामा नरेन्द्रकुमार श्रेष्ठ, कृष्णसवरण गाउँपालिकामा दिलकुमार वर्देवा, तिलाठी–कोइलाडी गाउँपालिकामा हिमालयकुमार त्रिताल, महदेवा गाउँपालिकामा शम्भुप्रसाद बराल, रुपनी गाउँपालिकामा ऋदिनाथ निरौला, विष्णुपुर गाउँपालिकामा भरतमणि रिजाल, छिन्नमस्ता गाउँपालिकामा बिदुरकुमार कार्की, वेल्ही चपेना गाउँपालिकामा राजेन्द्रबहादुर बस्नेत र बलान–विहुल गाउँपालिकामा मुकुन्दप्रसाद अधिकारी खटिएको जानकारी दिएको छ ।

९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरी जिल्लामा ४ सय ६१ बटा मतदान केन्द्र रहेको छ भने २ सय ९२ बटा मतदान स्थल रहेको छ ।

यस जिल्लामा महिलातर्फ १ लाख ६० हजार ६ सय ८६, पुरुषतर्फ १ लाख ७० हजार ७ सय ५५ र तेश्रोलिङ्गी २१ गरी कुल ३ लाख ३१ हजार ४ सय ६२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ठाकुरले जानकारी दिनुभएका छन् । उहाँले जिल्लाभरी २ हजार ७ सय ५० जना कर्मचारी परिचालन गरीने र भदौ १२ गते देखिनै सबै स्थानीय तहमा कार्यालय सञ्चालनगरी निर्वाचन अधिकृत खटिसकेको बताउनुभयो ।
– हेमशंकर सिंह