महासंघको दबाबमा चण्डीलाई उन्मुुक्ति !

महासंघको दबाबमा चण्डीलाई उन्मुुक्ति !


नेपाल उद्योग वाणिज्य महासंघले चण्डीराज ढकाललाई उन्मुक्ति दिन सरकारलाई दबाब दिएको समाचार प्राप्त भएको छ । महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले झापाको मोमेन्टो एपरेल्स नामक गार्मेन्टका लागि लिएको कर्जा चुक्ता नगरेपछि बैंकले बैंकिङ कसुरमा कालोसुचीमा राखेको थियो ।

२०६४ देखि हालसम्म नबुझाउँदा अहिले उनको राष्ट्रिय वाणिज्य बैंकलाई बुुझाउनुुपर्ने कर्जा रकम २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । तर उनले उक्त रकम नबुुझाई ४१ करोड रुपैयाँ मात्र तिर्ने र एक अर्ब ६१ करोड रुपैयाँ मिनाहा गरि दिन भन्दै वाणिज्य बैंकमा निवेदन दिएपछि बैंक स्रोतले जनाएको छ ।

उनले महासंघको दबाबसहित निवेदन दिएको बैंक स्रोतको दाबी रहेको छ । पूर्वअध्यक्ष ढकालले पटक-पटक सम्पर्क गर्दा पनि उनले फोन रिसिव गरेनन् । वाणिज्य बैंकले ढकाललाई कालो सूचीमा राखेपनि अहिले सम्म कर्जा तिर्न आउन सार्वजनिक सूचना जारी गर्नसकेको छैन ।

कर्जा चुक्ता गर्नको लागि ताकेता गरे पनि शक्तिकेन्द्रकै आडमा ढकालले उन्मुक्ति पाउँदै आएका छन् । बैंक उच्च स्रोतले वाणिज्य महासंघको गत चैत २८ गते भएको महाधिवेशनपश्चात ढकालले राष्ट्रिय वाणिज्य बैंकमा ब्याज मिनाहासहित कर्जा राफसाफ गर्न निवेदन दिएको छ ।

उक्त निवेदनमा सावाँ ब्याजसहित तिर्नुुपर्ने कुुल कर्जा रकममध्ये आफूले ४० करोड रुपैयाँ मात्र तिर्नसक्ने र बाँकी रकम मिनाहा गर्नुपर्ने उल्लेख गरेको छ  ।  ढकाललाई कर्जाको सावाँ ब्याज भुक्तानीमा कति रकम छुुट दिने भन्ने विषय व्यवस्थापन तहमै छलफल भइरहेको छ ।

बैंकले भने, ढकालको ४० करोड रुपैयाँ तिर्ने प्रस्ताव अस्वीकार गर्दै कम्तीमा पनि ६२ करोड रुपैयाँ तिरेको खण्डमा बाँकी रकम छुुट दिनसकिने तयार िगरेको छ । ढकालको कर्जा रकम मिनाहा र राफसाफ गर्न बैंकका प्रमुख कार्यकारी किरणकुमार श्रेष्ठ, कालुु गुुरुङ, ढकाल स्वयमः, दिपक मलहोत्रा र नवराज ढकाल सक्रियरुपमा लागेको स्रोतले जनाएको छ ।– रोशन कार्की