पन्ध्र लाखका कपडा बरामद

पन्ध्र लाखका कपडा बरामद


वीरगंज । वडा प्रहरी कार्यालय विर्ताद्वारा अवैध रुपमा भन्सार छलेर लुकाइछिपाइ गरी राखेको अवैध विभिन्न प्रकारका कपडाहरु अन्दाजी १५ लाख मुल्य बराबरको कपडा आफ्नो नियन्त्रणमा लिएका छन्। नियन्त्रणमा लिएका कपडाहरु लिलामी प्रकृया तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।

प्रहरी निरीक्षक अनिष कर्णको नेतृत्वमा रहेको टोलीले विशेष सुचनाको आधारमा वीरगन्ज ५ स्थित उमाशंकर पण्डितको घर गोदाममा अवैध रुपमा लुकाईछिपाई भन्सार छलेर राखेको अवस्थामा बरामद गरेको हो ।

तेस्रो चरणको स्थानीय निर्वाचन असोज २ गते हुन गईरहेको परिवेशमा सोको आडमा हुन सक्ने अपराधिक क्रियाकलाप तथा भन्सार छली लगायतका क्रियाकलाप रोक्न बिर्ता प्रहरीले चेकजाँच कार्य तीव्र तुल्याएको छ ।
– महेस दास