पत्रकार महासंघ पूर्वअध्यक्षको पनि मेयर उम्मेद्वारी

पत्रकार महासंघ पूर्वअध्यक्षको पनि मेयर उम्मेद्वारी


नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश कुमार साहले पनि जनकपुर उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।

नयाँ शक्ति पार्टीबाट उनी मेयर पदमा उम्मेदवारी दिइनु अघि उनले पत्रकार महासंघको सधारण सदस्यता त्यागेका छन् ।

आफू कुनै राजनीतिक दलबाट उम्मेदवार बन्न लागेका कारण आफूले सधारण सदस्यता त्यागेको भन्दै लिखित पत्र नै बुझाएको महासंघका धनुषा अध्यक्ष अनिल मिश्रले बताए ।

उनीलगायत मेयर पदमा अहिलेसम्म ६ जनाको उम्मेद्वारी परेको छ । यस्तै उप– मेयरमा १० जनाले उम्मद्वारी दिएका छन् । विभिन्न पदमा उम्मेद्वारी दर्ता प्रक्रिया जारी छ ।