मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा

मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा


काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा गत मंगलबार वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ । प्रहरीले बलात्कारमा संलग्न ६ जनालाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई छ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो ।

तत्कालीन भुम्लु गाविसका ३ का गोपाल परिवार, धुलिखेल नगरपालिका ७ का साधुराम विक, नमोबुद्ध नगरपालिकाका महेश परियार, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १४ का सिताराम थापा, रामेछाप लखनौऊ १ का प्रकाश परियार र काभ्रे नाग्रेगगर्चेका दिलबहादुर प्रधानले पालैपालो बलात्कार गर्दा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

अभियुक्तहरुले प्रहरीसँगको बयानमा रक्सी खाएकाले अवस्थामा उक्त घटना भएको बताएका छन् । मंगलबार विहान स्थानीहरुले बाटो हिँड्ने क्रममा मकै बारीको बीचमा शव देखेसंगै प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिलाको शव नजिक फुटेका चुरा, चप्पल, गाम्सा र पटुका फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए । काभ्रेमा भूकम्पछि चार वटा सामुहिक लात्कार, दुई बलात्कारपछि हत्या र दुई बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन्।