लण्डन । कट्टर कम्युनिष्ट मुलुक उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ् इलको निधन भएको छ । उत्तर कोरियली सरकारी टेलिभिजनले नेता किमको ६९ वर्षको उमेरमा राजधानी प्योङयाङ बाहिर यात्राका क्रममा निधन भएको जानकारी दिएको हो । कालो पोसाक लगाएका टेलिभिजन प्रस्तोताले रुँदै किमको निधन भएको घोषणा गरेका थिए । अत्याधिक शारीरिकक एवं मानिसिक कार्य गरेका कारण उहाँको निधन भएको टेलिभिजनले जनाएको छ । किमको निधनपछि उत्तर कोरिया शोकमा डुबेको छ । त्यहाँ १३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
१९९४ मा आफ्ना पिताको निधनपछि किमले उत्तर कोरियाको नेतृत्व सम्हाल्नु भएको भएको थियो । उहाँ सन् २००८ देखि मुटुको रोगबाट पीडित थिए। त्यसपछि उनी केही महिनासम्म सार्वजनिक समारोहहरुमा समेत सहभागी भएका थिएनन् । किमको २८ डिसेम्बरमा राजधानी प्योङयाङमा अन्तिम संस्कार गरिने बताइएको छ ।
उहाँको उत्तराधिकारीका रुपमा २० वर्षीय छोरा किम जोङ वूनलाई हेरिएको बीबीसीले जनाएको छ । उनले आफूलाई समर्थन गर्न देशबासीलाई अपील गरेका छन् । किमको निधनसँगै दक्षिण कोरियाले आफ्नो सेनालाई अलर्टमा राखेको छ भने जापानले आपत ब्यबस्थापन टीम बनाएको छ । किमको निधनमा समवेदना व्यक्त गर्दै अमेरिकाले आफू दक्षिण कोरिया र जापानको सम्पर्कमा रहेको बताएको छ । यस्तै बेलायती विदेशमन्त्री विलियम हेगले उत्तर कोरियाली नेतृत्व युवा नेतृत्वका साथ आम नागरिकको हितका लागि अन्तराष्ट्रिय समुदायसँग राम्रो सम्वन्ध बनाउने ऐतिहासिक मौका रहेको बताएकाछन्।-केदार, मेस
प्रतिक्रिया