लण्डन / अत्याधिक मदिरा सेवनबाट एक जना किशोरीको पाचकथैली च्यात्तिएर फाट्न आँटेकाले डाक्टरहरुले पाचकथैली जोड्नलाई दुईवटा आपरेशन गरेको जानकारी समाचारमा सम्प्रेषन गरेका छन् । त्यस किशोरीले एकदिनमा ६ लिटरसम्म साइडर (स्याउबाट बन्ने एकप्रकारको बियर÷जाँड) पिउने गरेको कुरा थाहा हुन आएको छ । उनले सामन्य एक जना वयस्कले पिउने मदिराको २९ गुणा बढी मदिराको परिमाण सेवन गरेको खुल्न आएको छ । गोपनीयताको कारण त्यस किशोरीको नाम नखुलाएकीले दिनमा २, ३ लिटर मदिरा पिउने लत् लागेको खुलासा गरेका छन् । प्रति लिटर नौ यूनिट मात्रको हिसाबले उनले एकैदिनमा ५४ यूनिटसम्म मदिरा सेवन गर्ने गरेको थाहा लागेको छ । जबकि एकजना महिलालाई राष्ट्रिय अस्पताल सेवा विभागले केवल हप्ताभरीमा १४ यूनिटसम्म मदिरा सेवन गर्ने अधिकारिक सल्लाह दिन्छ । उत्तर पश्चिम ईङ्ग्लाण्डमा घटेको यो घट्नालाई लिएर डाक्टरहरुले किशोर-किशोरीहरुलाई यस प्रकारले मदिरा सेवन गर्नुबाट नियन्त्रण गर्नुपर्ने कुरा उठाएका छन् । किशोर-किशोरीहरुका मदिरा सेवनको यसखाले लत्लाई नियन्त्रण गर्नका लागि प्रति यूनिट मदिराको मुल्य बृद्धि गरेर न्यूनतम् ४५ पेन्स निर्धारित गर्ने कुरा ल्याउनलाई शिफारिस गरेका छन् । बेलायतको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले यसलाई नियन्त्रण गर्नको लागि योजना तर्जुमा गरिरहेको कुरा प्रकाश पारेका छन् । मन्त्रीहरुका योजनाअन्तरगत कौन्सिलहरुलाई जुन क्षेत्रहरुमा मदिरा सेवन गरेर बढी मात्रमा मदिरासम्वन्धी रोगहरु पत्ता लाग्छन् त्यस्ता ठाउँहरुमा पब र अफलाईसेन्सका दुकानहरु बन्द गर्न सक्ने अधिकार दिईने कुरा भनेका छन् । श्रोत–मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया