लण्डन । एक जना जवान महिलाले केटाको रुप धारण गरेर आफुले चिनेका केटीहरुलाई छल्दै यौन शोषण गर्ने दोहोरो जिन्दगी जिउँदै आएको कुरा खुल्न आएको छ । गेम्मा बारकार नाम गरेकी महिलाले खुकुलो ठूलोखाले कपडा पहिरेर टाउकोमा हुडि ओढेर हिडने गर्थिन् । फेसबुकमा तीन जना पुरुषहरुका बनावटी नाम राखेर आफ्नो प्रोफाइल चिनारी बनाइसकेकी छिन् । १९ वर्षीया बारकारले आफ्नो शिकारहरुलाई बनावटी नाम आरोन ल्यामपार्ड, कोनोर म्याककोरमेक र ल्यूक जोन्स नाम राखेर छक्याउँदै यौन आक्रमण गर्दै आएकी थिईन् । प्रहरीलाई समेत उनले केटा बनेर झुक्याएकी थिईन् । एकपल्ट उनलाई यौन आक्रमणमा पक्डाउ गरेर जेलकोठाभित्र लगेर कपडा फुकाल्दा मात्र केटी रहेकी कुरा थाह लागेको थियो । किशोरीहरुलाई केटा बनेर छक्याउँदै यौन आक्रमण गर्ने दोहोरो जिन्दगी बिताउने कुरा हिजो गिलफोर्डको क्राउनकोर्टमा उनले स्वीकार गरेकी छिन् । पुर्पक्षकालागि वकालत गर्ने वकिल रुबी सेल्भाका अनुसार बारकारको शिकार १५, १६ वर्षका किशोरीहरु थिए । चारवर्षपहिले उनले १३, १४ वर्षा किशोरीहरुलाई आफु केटाको नाम धारण गरेर अनलाईन सम्पर्क गरेको कुरा पनि हिजो प्रकाशमा आएको थियो । अदालतमा न्यायधीश पिटर मोसले, “उनी खराब र खतरा थिईन् वा पागल र खतरा थिईन्, मलाई ठिम्याउन गाह्रो भो” भनेका थिए । यस मुद्धाको सुनवाई आउने मार्च महिनाको २ तारिखका दिन हुने कुरा सम्बन्धित श्रोतले बताएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया