लण्डन । एक जना डच किशोरी जसले एक्लै सबैभन्दा कम उमेरमा लगातार सामुन्द्रिक यात्रा गरेर विश्व परिक्रमा गर्ने पहिलो व्यक्ति बन्न पुगेको समाचार प्रकाशमा आएको छ । १६ वर्षीया लाउरा डेक्करलाई एक वर्षपश्चात् क्यारिबियन समुन्द्रको मार्टिन बन्दरगाहमा आज एउटा ठूलो भीडले विश्व परिक्रमा पूरा गरेको उपलक्ष्यमा भव्य स्वागत गरेको थियो । विश्व परिक्रमा गर्नका लागि गत वर्ष २० जनवरीको दिनमा उनले आफ्नो ३८ फुट लामो गप्पी नामको डुङ्गामाथि सवार गरी सामुन्द्रिक यात्रामा निस्केकी थिईन् । डच अदालतमा उनी कलिलो उमेरकी भएकी कारणले गर्दा उनको सामाजिक सोंच र अनुभूतिमाथि प्रभाव पर्नसक्ने कुरालाई लिएर उनीमाथि मुद्धा दायर गरेको थियो । तर, भ्रमणअघि यस मुद्दाबाट पन्छिएर मुक्त भएकी थिईन् । उनकै आमाले पनि उनलाई यस सामुन्द्रिक यात्राका लागि सहमति जनाएकी थिईनन् । तर, पछि उनले समर्थन गरेकी थिईन् ।
लाउरा डेक्करको जन्म उनका बुवाआमा डुङ्गाबाट ७ वर्षे विश्व परिक्रमा गरिरहेको बेलामा न्यूजिल्याण्डको एउटा तटमा भएको थियो । विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छो नाविकको खिताब विभिन्न कुराहरुका विवादले गर्दा गिनिज बुक अफ वर्ल्ड रेकर्डले आधिकारिक दर्ता गरेको छैन । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया