एनआरएन यूके र पत्रकार महासंघ यूकेबीच समझदारी

एनआरएन यूके र पत्रकार महासंघ यूकेबीच समझदारी


लण्डन । गैरआवासीय नेपाली महासंघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूकेबीच नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका लागि एक अक्षय कोष स्थापना गर्न हालै एक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा एनआरएन यूकेका तर्फबाट अध्यक्ष कुल आचार्य र राष्ट्रिय संयोजक रामशरण सिंखडा तथा नेपाल पत्रकार महासंघ यूकेको तर्फबाट अध्यक्ष नवीन पोखरेल र महासचिव नरेश खपाङ्गीमगरले हस्ताक्षर गरेका छन् । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउ“ले, बीबीसीका पत्रकार भगिरथ योगी, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष चिरन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
समझदारी अनुसार सो कोषमा एनआरएन यूकेले शुरुमा पा“च लाख रुपिया“ उपलब्ध गराउने छ र भविष्यमा पनि वृद्धि गर्न सकिने गरी कोषको कुल राशी हाललाई खुला राखिएको छ । कोषको सञ्चालन गर्नका लागि एनआरएन यूके र नेपाल पत्रकार महासंघ यूकेका प्रतिनिधि रहेको एक व्यवस्थापन समिति गठन गरिने छ । कोष सञ्चालनका लागि दुवै संस्थाका प्रतिनिधिहरु सम्मिलित एक उपसमितिले नियमावली बनाउने भएको छ ।
सो कोषलाई फराकिलो पारी नेपाली पत्रकारिता क्षेत्रलाई बढी लाभान्वीत गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद तथा नेपाल पत्रकार महासंघबीच सहकार्यको सम्भावनाबारे पनि सो अवसरमा छलफल भएको थियो । -नरेश, मेस