लण्डन । बेलायत प्रहरीले जनाएअनुसार हिजो एक जना १० वर्षे बालकद्वारा आफ्नो घरको एउटा भागलाई गाँजा (क्यानाबी) बनाउने फ्याक्ट्रीको रुपमा प्रयोग गर्दै आएको कुरा थाहा लागेको छ । डकैती मामलाको सूचना प्राप्त भएको अधारमा प्रहरीले त्यस घरमाथि छापा मारेको थियो । छापा मारेपछि एक जना दश वर्षे बालकले गाँजा खेती गरेर लागूपदार्थ उत्पादन गर्ने फ्याक्ट्री पत्ता लाग्दा प्रहरीहरु आश्चर्यमा परेका थिए । बेलायतमा विगत तीन वर्षको रेकर्डलाई हेर्दा १६ वर्षभन्दा मुनिका बालकहरुलाई लागूपदार्थ सम्बन्धि विषयमा गिरफ्तार गरेको सङ्ख्या १२५८९ पुगेको छ । फ्रिडम अफ इम्फर्मेशन एक्टले दिएको तथ्याङ्कभित्र परेकामध्ये त्यो बालक पनि एक जना थिए । यस तथ्याङ्कभित्र १० वर्ष उमेरका ६ जना र ११ वर्ष उमेरका ५३ जना बालकहरुलाई लागू पदार्थ साथमा राखेको अथवा बेच्दै गरेको अवस्थामा पक्डाउ गरेका थिए ।
बेलायतका सबैभन्दा शक्तिशाली फौज, मेट्रो पोलिटन पुलिसले सालभरिमा १६ वर्षभन्दा मुनिका ३५९२ जनालाई पक्डाउ गरेको थियो । त्यसमध्ये १४ जना ११ वर्षभन्दा मुनिका बालकहरु थिए । च्यारिटी ड्रग्स स्कोपका मार्टिन बार्नसले, “यसले कलिलो उमेरका व्यक्तिहरुलाई तत्काल उनीहरुले स्कुलमा वा घरमा भोगिरहेका कठिनाइहरु उपरको समस्या रोक्नु पर्छ” भनेका थिए, अनि अघि उनले भने, “कम उमेरका युवाहरुका लागि पर्याप्त बजेट प्रायोजन गरेर लागूपदार्थसम्बन्धी शिक्षा र उपचारका प्रोजेक्टहरु ल्याउन जरुरी छ तर आर्थिक कटौतिका कारण स्थानीय स्तरमा यो खतरा उत्पन्न भएको छ” । क्विन्टन, बर्मिङ्घमका गाँजा उत्पादकलाई सन् २००८मा पक्डेर कारवाही गरेको थियो । यस लागूपदार्थलाई अहिले बी ग्रेडबाट सी ग्रेडमा राखिएको छ ।
अर्को एक जना १० वर्षे बालकलाई पनि क्यानाबिज राखेको अपराधमा पक्डाउ गरेको थियो, तर, पछि उनलाई केहि नगरी छोडेको थियो । कम्ब्रीया प्रहरीका अनुसार १७ वर्षभन्दा कम उमेरको लागूपदार्थ सेवन गर्नेहरुका संख्या अहिले बढेर गएको छ । कुनै पनि कलिला युवाहरु, १० वर्षदेखि १४ वर्षकाहरुलाई यदि उनीहरुलाई आफूले के गरिहेको छ भन्ने कुरा र गल्ती ग्ारिरहेको कुरा थाहा छ भने त्यस्ता बालकहरुलाई पनि कानून लाग्ने प्रावधान रहेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया