अनेसास बेलायतको भेला र पुस्तक परिचर्चा

अनेसास बेलायतको भेला र पुस्तक परिचर्चा


लण्डन । अस्ति अपरान्ह तीनबजे लण्डनको हृयारोस्थित “दिल से” रेस्टूरेन्टमा अत्यन्त सौहार्द्धपूर्ण वातावरणमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको भेला सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष जयालक्ष्मी राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रम सरस्वती पूजाको दिन पारेर अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतले आयोजना गरेको थियो । नेपाली राजदूतावास बेलायतकी मिनिस्टर अफ काउन्सिल, अम्बिका लुइँटेल प्रमुख अतिथि रहेको यस कायक्रमलाई कवि गोपीकृष्ण पसाई तथा शशी सुब्बाले सञ्चालन गरेका थिए । प्रमुख अतिथि र उपाध्यक्ष जया लक्ष्मी राईले संयुक्त रुपमा पानसमा बत्ति प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमको प्रारम्भिक चरण विभिन्न संघसंस्थाबाट आएका अतिथिहरुलाई आसन ग्रहणपश्चात् सरस्वती पूजा गरेर पुष्प अर्पण सबैले पालैपिलो गरेपछि सामूहिक राष्ट्रिय गान गाएर कार्यक्रम शुरु गरिएको थियो । यस कार्यक्रमलाई रोचक बनाउन सधै झै कुनै पनि सर्जकको जन्मदिन त्यस महिनामा परेको छ भने जन्मदिनको बधाइ र शुभकामना दिने शुरुवात गत अगस्त महिनाबाट डा. रुपकको सल्लाहमा सम्पन्न गरिँदै आएको थियो । अतः यस महिना उनकै जन्म महिना भएकोले गर्दा उनलाई खादा ओढाएर शुभकामना दिएपछि उनकै स्वागत मन्तव्यबाट कार्यक्रमको श्रीगणेश गरेको थियो । उनले बेलायतवासी नेपालीहरुका चिरपरिचित हस्ताक्षर, वरिष्ठ कवि तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत च्याप्टरका सल्लाहाकार ईश्वर मानन्धर सिकिस्त बिरामी भएको सूचना सो अवसरमा दिएका थिए र उनको शीघ्र स्वास्थ्यलाभको लागि सामूहिक प्रार्थना साहित्यकार दुर्गा पोख्रेलको अगुवाइमा मन्त्रोच्चारण गरेर प्रार्थना गरेकिथिईन् ।
कार्यक्रमको प्रमुख विषय भर्खरै विमोचन गरेर बजारमा उपलब्ध भइसकेका दुई जना अन्तर्राष्ट्रिय साहित्य समाजका सदस्य सर्जकहरुका पुस्तक परिचय र त्यसमाथि अन्तरक्रिय रहेको थियो । लेखकद्वय सुमल कुमार गुरुङका “युरोप यात्राका अनुभूतिहरु” नियात्रा सङ्ग्रह र लक्ष्मी थापाराई (लारा) रचित कथा सङ्ग्रह “पात्राहरुसँग एक साँझ” माथि गोपीकृष्ण पसाईले सारगर्भित जानकारी दिएका थिए । सर्जकहरुका पुस्तकहरु सामूहिकरुपमा अन्तर्राराष्ट्रिय साहित्य समाज बेलायतका सल्लाहाकार खगेन्द्र पाठक र प्रमुख अतिथि अम्बिका लुइँटेलद्वारा समारोहमा लोकार्पण गरेका थिए । सुमल कुमार गुरुङका नियात्रा सङ्ग्ह पोखरास्थित प्रदर्शनी स्थलमा तमु ल्होछारको दिनमा हजारौं मानिसहरुका भेलामा विमोचन भएको थियो भने लक्ष्मी थापाराईको कथा सङ्ग्रह पनि हङकङमा अन्यन्त भव्यताको साथ विमोचन गरिएको थियो । यद्यपि बेलायतका लागि पुस्तक परिचयको सो कार्यक्रम अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतले सर्जकद्वयलाई सम्मान गर्नका लागि आयोजना गरिएको थियो । निकै राम्रो सङ्ख्यामा सर्जकहरु कार्यक्रममा सहभागी भएका थिए । सर्जकद्वयलाई कार्यक्रममा खादा ओढाएर पुष्प गुच्छाद्वारा सम्मान गरिएको थियो । त्यसपछि त्यस कार्यक्रमका नायक सर्जक तथा नायिका सर्जकले आ-आपmना मन्तव्य प्रकट गर्दै समाजप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको अर्को आकर्षण भर्खरै नेपालबाट डायस्पोरिक अध्ययनका लागि प्रत्येक वर्ष अध्ययन गर्ने विधार्थीलाई आर्थिक प्रायोजन गर्ने अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका कोषाध्यक्ष विकल आचार्यालाई सम्मान रहेको थियो । उनलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाएर सम्मान गरियो र उनको योगदानको बारेमा सल्लाहाकार खगेन्द्र पाठकले प्रकाश पारेका थिए । यस्तै मन्तव्य प्रकट गर्ने क्रममा प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिनिधि तथा कवि विजय हितानले लाराको कथासङ्ग्रहको समालोचना र आफूले सर्जक लाराप्रति रचेका कविता बडो रोचक तरिकाले प्रस्तुत गरेका थिए । यस्तै कविता वाचन र भनाइ राख्ने क्रममा भगवान चामलिङले आफ्नै गीत गाएर सुनाएका थिए । अन्य कविता वाचन र भनाइ राख्नेहरुमा प्रतिभा प्रतिष्ठानका युवा स्रष्टा काङमाङ नरेश, मुकेश राई, दुर्गा पोखरेल, नारायण गाउँले र नारायण अधिकारी थिए । यसैबीच नेपालबाट यस कार्यक्रमका लागि शुभसन्देशहरु पठाएका साहित्यकारहरुका नाम कार्यक्रम सञ्चालकले सहभागीहरुलाई जनाएका थिए । कार्यक्रमको अन्त्यतिर विकाल आचार्यले आफ्नो मन्तव्य राख्ने क्रममा आफूले प्रत्यके वर्ष डायस्पोरिक अध्ययनका लागि त्रिभुवन युभिर्सिटीलाई तीसहजार रुपैया दिने कुरा भनेका थिए । समयको व्यस्तताले गर्दा कार्यक्रमका प्रमुख अतिथिले छोटो मन्तव्य राखेर विदा मागेकी थिईन् । कार्यक्रम रोचकतासाथ अघि बढिरहेको थियो तर समयको अभाव सबैले अनुभूत गरिरहेका थिए । कार्यक्रमलाई रोचक बनाउनलाई गोपीकृष्ण पसाईले नारायण गोपालका पुराना गीत आफ्नो स्वरमा गाएर सुनाएका थिए । मन्तव्य प्रकट गर्नलाई सहभागीहरुलाई आग्रह गर्दा सारादेवी गुरुङले पनि आफ्नो छोटो भनाइ राखेकी थिईन् । कार्यक्रमको सभापतिद्वारा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेपछि “दिल से” रेस्टुरेन्टको स्वादिष्ट भोजन सहभागी सबैले भरपूर आनन्द लिएका थिए । -सुमल, मेस, तस्वीरसहित