ईज्जतका लागि हत्या गर्नेहरुलाई जन्मकैद

ईज्जतका लागि हत्या गर्नेहरुलाई जन्मकैद


लण्डन । अस्ति आइतवारको दिनमा क्यानाडाको मन्ट्रिलस्थित एउटा अदालतमा एक जना न्यायधीशले एकै परिवारका तीन जनालाई आफ्नै परिवारका चार जना सदस्याहरुलाई हत्या गरेको अभियोगमा आजीवन कैदको सजाय सुनाउँदा खानदानी ईज्जतको वक्र अवधारणाका काराण हत्या गरिएको कुरा उद्धृत गरेका थिए । क्यानाडामा बस्दै आएका अफ्गानी परिवारका तीन जना मिलेर तीन जना छोरीहरु र एक जना अर्की निःसन्तान रहेकी पहिलो पत्नीलाई पति-पत्नी र छोरा मिलेर अत्यन्त क्रुरताका साथ हत्या गरेका थिए । यो घृणित हत्या उनीहरुका तीन जना छोरीहरुले आफ्नो परम्पराविरुद्ध अनुशासनहीन भएर संस्कार अनुसारको पहिरन नगर्ने, सामाजिक क्रियाकलापहरुमा संलग्न रहने र इन्टरनेट प्रयोग गरेर अरुसँग सम्पर्क राख्ने कारणहरुले गर्दा ईज्जतका लागि संस्कार अनुसार मर्यादादित हत्या गरिएको कुरा प्रकाशमा आएको छ । यस घटनाको अन्तिम छानबिनपछि सही तथ्य थाहा लाग्दा क्यानाडावासीहरु अचम्भित भएका थिए । यस मुद्धाको जाँचपडतालपछि ज्यूरीले ५८ वर्षीय बुवा मोहम्मद शफिया, ४२ वर्षीया आमा टूबा याहृया र २१ वर्षीय छोरा हामिद मिलेर ती चार जनाको हत्या गरिएको साबित गरेको छ । २५ वर्षसम्म कुनै प्यारोलको मौका नपाउने गरी उनीहरुलाई जन्मकैदको सजाय अदालतले सुनाएको छ ।
सन् २००९ सालमा किङ्सटन, ओन्टारियोको एउटा नहरमा १९ वर्षीया ठूली छोरी जेनब, १७ वर्षीया माहिली छोरी साहर, १३ वर्षीया कान्छी छोरी गीती र विवाह नगरी भित्र्याएको निःसन्तान पहिलो पत्नी ५२ वर्षीया रोना अमीर मोहम्मदलाई कारभित्र मरेको अवस्थामा उनीहरुको लाश फेला पारेको थियो । वकीलहरुका अनुसार ती चार जनालाई पहिले पानीभित्र डुबाएर हत्या गरेपछि फेरि कारभित्र राखेर कारलाई नहरभित्र धक्का दिएर डुबाएको पुष्टि गरेका छन् । उनीहरुले ती चार जनालाई कार दुर्घटनामा परी मरेको भनी छक्याउन खोजेका थिए । श्रोत- नेट, सुमल, मेस ।