लण्डन । हिजो अदालतले एक जना कान नसुन्ने बहिरी केटीलाई पाकिस्तानबाट बेलायतमा ल्याएर दशौ वर्षदेखि यात्ना दिँदै आएको कुरा प्रकाश पारेको छ । ती कान नसुन्ने केटीलाई बेलायत ल्याएपछि भुइँ तल्लाको सानो कोठामा लगातार बलात्कार र यातना दिँदै दासत्वको जिन्दगी गुजार्न बाध्य बनाएको तथ्य सामुने आएको छ । बुबाआमा नभएकी टुहुरी केटीलाई प्रत्येक रात सानो कोठाभित्र बन्द गरेर राख्ने अनि चिसो भुइँमा सुत्न बाध्य गराइएको थियो । केटी बोल्न नसक्ने साथै कान पनि पटक्कै नसुन्ने हुनाले उनको शोषण गरिएको थियो । दिनको बेलामा बिनापैसा काममा दलिने र मालिक अशारबाट उनी यौन आक्र्रमणमा सधैंजस्तो पीडित हुने गर्थिन् ।
तिनलाई यातना दिने व्यक्तिहरु क्रमशः ८३ वर्षीय इलियास अशार, उनका ६६ वर्षीया पत्नी तलत अशारमाथि मुद्धा चलिरहेको छ । तर, उनीहरुले यस आरोपलाई स्वीकार गरेका छैनन् । उनीहरुमाथि त्यस केटीलाई सानो कोठाभित्र थुनेर राख्ने, मान्छे बेचबिखन र यौन आपराधको मुद्धा लागेको छ । वकीलहरुका दलीलअनुसार त्यस केटीलाई उनीहरुले भनेअनुसार काम नगरे अथवा नमाने भुइँ तलाको -भुइँ तलादेखि तलको सानो कोठा) कोठामा बन्द गरेर ताला लगाइदिन्थे । उनी त्यही सानो साँघुरो कोठाभित्र रुँदै कराउँदै बस्थिन् । अशार दम्पतीले त्यस केटीलाई कहिल्यै काम गरेबापत पैसा दिएनन् । उनको नाउँमा सरकारबाट प्राप्त बेनेफिट पनि उनीहरुले हडप गर्थे । उनलाई त्यो भुइँ तल्लाको कोठाभित्र घण्टौंसम्म फुटबल खिलाडीहरुले लगाउने शर्टहरु, मोबाइल फोनका कभरहरु र कपडाहरु प्याक गर्ने काम लगाउथे । घरको खाना पकाउने, कपडाहरु धुने, भाँडाकुँडा, घर र कारहरु सफा गर्ने काममा अह्राउँथे । त्यति मात्र नभई आफन्तहरुका घरमा पनि काम गर्न पठाउँथे । अनि जसै रात पर्थ्यो उनलाई बाहिरबाट चुकुल हालेर रातभरि कोठाभित्र थुन्दथे । अदालतको सुनुवाइमा त्यस केटी, जसको अन्दाजी उमेर अहिले १९ देखि २१ वर्षभित्रको देखिन्छ, लाई ती दम्पतीले उनीहरुका ग्रेटर मेयान्चेस्टरस्थित, सालफोर्डको घरमा दाससरह राख्दै आएका थिए । यातना पाएक्री केटीको सही उमेर थाहा लागिरहेको छैन, तर, सन् २००० सालमा यूके अध्यागमन विभागले उनलाई घरेलु कामदारको रुपमा बेलायत पस्ने भीसा कसरी प्रदान गर्यो भन्ने कुरामा आश्चार्य मानेका छन् र यसलाई खोजबिन गर्नुपर्ने मामला ठहर गरेका छन् । त्यतिबेला त्यस केटीको उमेर मुश्किलले १०, १२ वर्ष भित्रको हुनुपर्छ भनेका छन् । श्रोत – नेट सुमल, मेस ।
प्रतिक्रिया