लण्डन । चिनियाँ राज्य सञ्चार माध्यमले भ्यालेन्टाइन दिवसको अवसरमा चीनको दक्षिण पश्चिममा अवस्थित एउटा चिडियाखानामा एउटा भेंडा र पोथी हिरणको विवाह गरिदिने समाचार अत्यन्त व्यापकताका साथ प्रसार गरेको छ । चाङमाओ नाम गरेको भेंडा र चुँजी नाम गरेकी पोथी हिरणको अटूट सम्बन्धको कारणले गर्दा ती दुई भेंडा र हिरण त्यहाँका जनताहरुमाझ अत्यन्त लोकप्रिय छन् । चिनियाँ श्रोतका अनुसार कुनमिङ शहर अवस्थित युनान राज्यको वाइल्डलाइफ पार्कमा हुन गइरहेको यो वैवाहिक कार्यक्रमका लागि टिकट ब्रि्री वितरण भइरहेको कुरा समचारमा सम्प्रेषन गरेको छ ।
ग्त साल चिडियाखानाका कर्मचारीहरुले यी जोडीलाई जबरजस्ती छुट्याएका थिए । तर, पछि यिनीहरु सँगै भएका थिए । उनीहरुका विवाहको दिनमा
पाँचसय जति टिकट वितरण गरिसक्ने कुरा चिडियाखानाका कर्मचारीहरुले बताएका छन् । एउटा टिकटको मूल्य ६६ युआन (६ पाउण्ड ६० पेन्स) तोकिएको छ । विवाहको दिनमा दुल्हा-दुलहीका कपडाहरुले ती दुईलाई सजाउने कुरा पनि सम्बन्धित श्रोतले जनाएको छ । तर, चाङमाओचाँहि चुँजीसंग शतप्रतिशत माया गर्छ भन्ने कुरामा अलि भर नभएको कर्मचारीहरु भन्छन् । किनभने पोहोरसाल चाङमाओले एउटी भेडीलाई भुँडी बोकाएर त्यसबाट एउटा पाठो भेडा जन्माइसकेको थियो । त्यसकारण गत नोभेम्बर महिनामा चाङमाओलाई माउ भेडी र पाठो भेडासँगै बस्नलाई चुँजीबाट अलग राखेका थिए । त्यसपछि चुँजी दिनहुँ चाङमाओलाई राखेको बारतिर गएर चाङमाओलाई हेर्ने गरदथिई । चाङमाओ र चुँजीलाई चिडियाखानाका कर्मचारीहरुले शुरुदेखि एकैचोटि हुर्काउँदै ल्याएकाथिए । तिनीहरु घाँस खाने प्रजातिका पशु भएको कारणले गर्दा एउटै ठाउँमा राख्दै आएको कुरा चिडियाखानाका कर्मचारीहरु बताउँछन् । चुँजीले चाङमाओलाई माया गर्दै चाट्ने तथा चाङमाओले चुँजीको छेउमा कुनै भाले हिरण देख्नेबित्तिकै लखेट्ने कुरा चिडियाखानाका कर्मचारीहरु बताउँछन् । ती दुईका अविरल मायाप्रिति देखेर नै त्यस प्रेमलाई स्थायित्व दिनका लागि विवाह सूत्रमा बाँधिदिने कुरा समाचारमा सम्प्रेषण गरेको छ । यिनीहरुका प्रेमालापका कुरा स्थानीय टिभीद्वारा प्रासरण गरेपछि यिनीहरु अन्यन्त लोकप्रिय बनेका छन् । श्रोत-बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया