हङकङव्यापी वृहत कविता प्रतियोगिता २०१२ सम्पन्न

हङकङव्यापी वृहत कविता प्रतियोगिता २०१२ सम्पन्न



(शहर तिम्रो नेत्र ज्योति, अध्यावधि ठिकै हो भने
छदम चादको चस्मा लगाउने रहने किन ?
चुच्चे, नेप्टे नाकको डालीलाई सास्ति दिने हो भने
सदाआकाक्षा वाच्दैन सास, सादा कात्रोले आँखा छोप लौ -कवि मोती चाम्लिङ)

-हङकङ । खोटाङ टेम्के तुवाचुङ साहित्यिक पुरस्कार अक्षय-कोष निर्माण समिति हङकङले गत आइतवार एक कार्यक्रम गरी हङकङका नेपाली कवि तथा कवयत्रीहरुको कविता प्रतियोता गराएको छ । उक्त प्रतियोगितामा हङकङमा वसोवास गर्ने नेपाली वरिष्ठ कविदेखि नव उदय कवि तथा कवयत्रीहरुको भीड रहेको थियो । प्रतियोगी १० जना रहेका थिए भने अप्रतियोगीहरु पनि उतिनै रहे पनि समयको अभावले गर्दा सबै वाचन गर्न सकिएको थिएन।

कविता प्रतियागितामा उत्कृष्ट ५ कविहरु छनौट भएका थिए । “सहर र अवयव इन्द्रीयहरु” कविताको शीर्षक लिएर, प्रथम भएका थिए कवि मोति चाम्लिङ । आशीष सम्पाङ ँमहेश’ले आफ्नो कविताको शीर्षक “रेमिट्यान्स” लिएर दोश्रो भएका थिए । “नेपाल सरकार नागरिक्ता फिर्ता गर” चन्द्र मादेन ँआन्छान’, “म जिन्दगी ठूले र प्रदेश” रुद्र नाल्वो र “माटोको मायाँ” टोप वहादुर राई क्रमशः तेश्रो, चौथो र पाचौं स्थान हासिल गर्न सफल भएका थिए ।

प्रथम, दोश्रो र तेश्रो प्रतियोगी कविहरुलाई कप प्रदान गरिएको थियो । चौथो र पाचौं कविहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । कविता प्रतियोगितामा भाग लिने कविहरुलाई पनि प्रमाण-पत्र प्रदान गरिएको थियो । विनय शाह, आशीष साम्पाङ, प्रज्ञा राई, पिताम्बर राई, पवित्र राई, टोप वहादुर राईले कविता प्रतियोगितामा भग लिई प्रमाण-पत्र प्राप्त गरेका थिए । कप नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापामगरले प्रायोजन गरेका थिएभने हल हिन्सका अध्यक्ष बुद्दि बहादुर थापाले प्रायोजन गरेका थिए । प्रचारप्रसारमा हंगकंगका स्थानीय वेवसाइटहरुले सहयोग गरेका थिए।

कविताको पूर्णाक ३० मार्क रहेको थियो जसमा प्रस्तुति, विषय वस्तु तथा विचार पक्ष र शील्प शैली, शब्द शैली गरी तीन विषय केन्द्रित १० १० मार्कको थियो। प्रतियोगितामा नेपाली सहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, अनेसास हङकङका अध्यक्ष कमल पौड्याल र सृजनशील सहित्य समाजका सचिव नरेश सुनुवार निर्णायक मण्डलमा रहेका थिए ।

समितिका संयोजक प्रकाश रोदुङले संचालन गरेको कार्यक्रमलाई मूलबाटो डटकमले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । उक्त कार्यक्रममा हङकङमा एक मात्र नेपालीबाट संचालित ँनवलपुरे किसान पुस्तकालय’लाई आयोजक संस्थाले आफ्नो पाँचवटा पुस्तक हस्तान्तरण गरेको थियो।

अप्रतियोगितामा , भूपेन्द्र चेम्जोङ, प्रकाश रोदुङ, मालिकराम राई, मोहन गुरुङ, असोक राई, दिपा राई एवाई र प्रकाश छाङछा राई आदिले अप्रतियोगी कविता वाचन गरेका थिए ।-रविन लिङदेन “आम्बु जेठा”