एनआरएनको अध्यक्षमा भवन भट्ट

एनआरएनको अध्यक्षमा भवन भट्ट


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनबाट भट्ट अध्यक्षमा विजय भएका हुन । उनले निवर्तमान अध्यक्ष शेष घलेको श्रीमति जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै विजयी भएको सो सस्थाले जनाएको छ । भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले ५ सय ८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा. बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएपछि भट्टले आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको सुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताए । उनले अब सबैलाई साथ लिएर अघि बढ्ने बताउदै एकबद्धभएर अगाडी बढ्न आग्रह समेत गरेका छन् ।

निर्वाचनमा १ हजार ८ सय ५४ मतदाता सहभागी थिए । चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ । अध्यक्ष भट्ट टीबीआई ग्रुपका संस्थापक हुन । राति साढे दुई बजे परिमाण घोषणा गरिएको थियो । महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा सुधन थापा निर्वाचित भएका छन् ।

यो पनि  :–

एनआरएनएमा शेषले श्रीमतीलाई अध्यक्षमा अगाडी सारेपछि !!!