पहिलो चरणमा भिड्ने यी हुन् ‘हेभीवेट’ उम्मेदवार

पहिलो चरणमा भिड्ने यी हुन् ‘हेभीवेट’ उम्मेदवार


पहिलो चरणको  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार मनोनदय दर्ता भएको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मनोनदय दर्ता हुने छ ।

पहिलो चरणको निर्वाचनमा बिभिन्न ‘हेभिवेट’ नेताहरुबीच चुनावी भिडन्त हुँदैछ । गोरखा २ मा प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ ।

भट्टराईलाई नेपाली कांग्रेसको समेत समर्थन छ भने श्रेष्ठ वाम गठवन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्। उनीहरु दुई बीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ । नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ गोरखा १ बाट चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नुवाकोटबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत उठ्दै छन् । उनको प्रतिष्पर्धामा माओवादीका हितबहादुर तामाङ छन् । यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी चुनावी मैदानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार छन् । यस्तै पूर्वमन्त्री तथा माओवादी नेता अग्नी सापकोटाले सिन्धुपाल्चोक १ बाट वाम गठवन्धनका तर्फबाट उम्मेदवारी दिँदैछन् । राणालाई नेपाली कांग्रेसले सघाएको छ।

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिनिध सभाको उम्मेदवार छन् । उनको प्रतिष्पर्धिमा नेपाली कांग्रेका केशव प्रसाद दाहाल छन् । जाजरकोटबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता राजिव विक्रम शाह र वाम गठवन्धनबाट शक्ति बहादुर बस्नेतको उम्मेदवारी छ।

लमजुङबाट माओवादी पूर्वमन्त्री देवप्रसाद गुरुङ र प्रदेश सभामा एमाले नेता पृथ्वी सुब्वा गुरुङ चुनावी मैदानमा छन् । रोल्पाबाट वर्षमान पुन वाम गठवन्धनबाट र कांग्रेसको तर्फबाट अमरसिंह पुन प्रतिनिधि सभाका उम्मेदवार छन् । यस्तै माओवादी नेताला कुलप्रसाद केसी केसी रोल्पा ‘क’ बाट प्रदेश सभाका उम्मेदवार छन् ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् ।