लमजुङमा दुई गठबन्धन विच कडा टक्कर

लमजुङमा दुई गठबन्धन विच कडा टक्कर


आगामी मंसिर १० गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनविच कडा प्रतिष्पर्धा देखिएको छ । लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन विच कडा प्रतिष्पर्धा हुने भएको हो ।

जिल्लामा बाम गठबन्धन नयाँ होईन । सम्पन्न स्थानिय तह निर्वाचनमा पनि नेकपा एमाले र नेकपा माओबादी केन्द्र विच चुनावी तालमेल भएको हो । स्थानिय तह निर्वाचनको नतिजा अनुसार जिल्लाका आठ स्थानिय तह मध्ये प्रमूख पदमा नेपाली काँग्रेस २, नेकपा एमाले ५ र नेकपा माओबादी केन्द्रले १ पद जितेको छ । यस्तै उपप्रमूख पदमा काँग्रेसले ३, एमालेले ४ र माओबादी केन्द्रले १ पद जितेको छ ।

जिल्लामा आठ स्थानिय तहमा ७५ वडा रहेका छन् । स्थानिय तहको निर्वाचन परिणाम अनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा नेकपा एमाले र पाँच वडामा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ ।

स्थानिय तहको मत परिणाम अनुसार सवै स्थानिय तहबाट प्रमूखहरुले पाएको मतलाई आधार मान्दा बाम गठबन्धन एकहजार दुईसय ९६ मतले अघि देखिन्छ । स्थानिय तह निर्वाचनमा बाम गठबन्धनको ३३ हजार छसय ३३ मत आएको छ भने नेपाली काँग्रेसले ३२ हजार तिनसय ३७ मत प्राप्त गरेको छ । सो बाहेक प्रमूख पदमा अन्यदलहरुको एकमुष्ठ तिनहजार आठसय ६८ मत आएको थियो ।

स्थानिय तहको निर्वाचनमा सुन्दरवजार नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार द्धारिका मिश्रले नै दुईहजार सातसय ३० मत ल्याएका थिए । प्रतिनिधी सभा निर्वाचनमा सो मत काँग्रेसमा थपिएमा अन्य मत बाहेक नेपाली काँग्रेस बाम गठबन्धन भन्दा एकहजार चारसय ३४ मतले अगाडी देखिन्छ ।

यसैगरी पछिल्लो सविधान सभा निर्वाचन मत परिणाम अनुसार पनि लमजुङको चुनावी प्रतिष्पर्धा कडा देखिन्छ । दोश्रो सविधान सभाको निर्वाचन मत परिणाम अनुसार जिल्लामा नेपाली काँग्रेसको जम्मा मत २५ हजार एकसय ७६ छ भने नेकपा एमालेको मत २५ हजार चारसय दुई रहेको छ । सोहि निर्वाचनमा तत्कालिन एनेकपा माओबादीले ११ हजार छ सय ५० मत ल्याएको थियो ।

करिव चारहजार मत ल्याएको राप्रपासहित अन्य दलहरुको मत पाँचहजार पाँचसयको हाराहारीमा रहेको थियो । तत्कालिन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा भएकोले चुनावी प्रतिष्पर्धा कडा देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि करिव १० हजार नयाँ मतदाता थपिएका छन् । सम्पन्न स्थानिय तह निर्वाचनमा एकलाख पाँचहजार नौसय ९२ मतदाता रहेका थिए भने हाल नौहजार चारसय ५७ मतदाता थपिएर एकलाख १५ हजार चारसय ४९ जना पुगेका छन् ।

जिल्लामा प्रतिनिधी सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस पूर्व केन्द्रिय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापती दिलबहादुर घर्ती चुनावी मैदानमा छन् । यस्तै बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्र, केन्द्रिय कार्यलय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा रहेका छन् ।

यी बाहेक जिल्लामा अन्य आठ राजनितक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधी सभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । अन्यदलहरुले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बिच नै हुने बुझिएको छ ।