चिनियाँ नागरिकलाई नागरिकता सिफारिस गर्ने वडा सचिव पक्राउ

चिनियाँ नागरिकलाई नागरिकता सिफारिस गर्ने वडा सचिव पक्राउ


चिनियाँ नागरिकलाई नागरिकताका लागि सिफारिस गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ का सचिव राप्रसाद पौडेललाई पक्राउ गरेको छ । चिनियाँ नागरिक कुङगा तेन्जिङ भुटियाले तेन्जिङ लामाको नाममा वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिक लिएका हुन् ।

केन्द्रीय अनुसन्धान व्युरो प्रमुख पुष्कर कार्कीले पौडेल र घलेले कुङगाबाट मोटो रकम लिएर नागरिक बनाउन सहयोग गरेको बताए । पौडेल अघिका वडा सचिव युवराज खनालले कुङगालाई नेपाली नागरिकरुपमा जन्म दर्ता गराएका थिए ।

कुङगाले नेपाली पासपोर्टसमेत लिइसकेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले कुङगा, पौडेल र नागरिकता बनाउन सहयोग गर्ने कर्मा धिन्डुप घलेलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक कुङगा कपडा व्यपारसँग आवद्ध छन् । महानगरका अनुसार सिआइबीले खनालको खोजीकार्य तीव्ररुप अघि बढाएको छ ।