नवराज सिलवाल विरुद्ध उजुरी

नवराज सिलवाल विरुद्ध उजुरी


एमालेबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका पूर्व डीआइजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवार बन्न योग्य नभएको दाबी गर्दै ललितपुरकै स्थानिय विकाससिंह तामाङले शुक्रबार उनि बिरुद्ध उजुरी दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय अन्तर्गत क्षेत्र नम्बर १ का अधिकृत सुरेशराज खनालले सिलवाल विरुद्ध उजुरी परेको पुष्टी गरेका छन् ।

तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् । यो उजुरी अघी नै सिलवाललाई चुनौती दिन खडा भएका उमेद्ववार गुण बहादुर थापा पनि उनको लागि टाउको दुखाइ भएका छन् ।

आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोपसहित जनताबाट न्याय पाउने आस गर्दै थापा आफ्नो उमेद्ववारी दिएको बताउँदै आएका छन् ।