विप्लव नेतृत्वले गाड्‍‍यो प्रभाकरको घरमा कालो झण्डा

विप्लव नेतृत्वले गाड्‍‍यो प्रभाकरको घरमा कालो झण्डा


माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुमले कालोझण्डा गाडेको छ ।

प्रशासनमार्फत लगाएर आफ्ना नेता कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीबिरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ ।

पूर्वमन्त्री हुँदा नेता प्रभाकरले नेता कार्यकर्तामाथि दमन गरेको आरोप नेकपा रुकुमले लगाएको छ । चुनाव प्रचारको क्रममा प्रभाकर जिल्लामै रहेको बेला नेकपा नेता कार्यकर्ताहरुले शुक्रबार राति ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा गाडेका छन ।