तीन भारतीय ‘सुटर’ पोखराबाट पक्राउ

तीन भारतीय ‘सुटर’ पोखराबाट पक्राउ


भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पोखराबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले शुक्रबार बेलुका पोखरास्थित सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा ३ भारतीय सुटरसहित १ नेपालीलाई पक्राउ गरेको हो ।

कास्की प्रहरी स्रोतका अनुसार उनिहरु हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । प्रहरीका अनुसार ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि लागेको छ ।

यसअघि भारतस्थित राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन अनुरोध गरेको थियो ।

प्रहरीले पक्राउ परेका उनिहरुको परिचय भने सानर्वजनिक गरेको छैन ।