यी लमजुङका लागि पाहुना उम्मेदवार, जसले आफैलाई भोट दिन पाउँदैनन्

यी लमजुङका लागि पाहुना उम्मेदवार, जसले आफैलाई भोट दिन पाउँदैनन्


मनाङ र कास्की–१ पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार भइ विजयी भएका तत्कालिन एनेकपा माओवादीका नेता देव गुरुङ अहिले फेरि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनाङ छाडेर लमजुङबाट उम्मेदवार बनेका छन् ।

यहाँबाट उम्मेदवार बन्न उनले ठूलै रस्साकस्सी गर्नुपर्‍यो । एमालेले प्रभावशाली नेता जमिन्द्रमान घलेको नाम काटेर गुरुङलाई लमजुङमा वाम गठबन्धनको साझा उम्मेदवार बनाएको हो ।

यसप्रति घले पक्षधरहरुले भित्रि रुपमा बिरोध गरेका छन् भने घलेका बिरोधी एमालेहरु खुशी भएका छन् ।
लमजुङमा कांग्रेसका उम्मेदवार दीलबहादुर घर्तीसँग चुनावी टक्कर गर्न लागेका गुरुङलाई अहिले पाहुना नेताको ट्याग लागेको छ ।

गुरुङ यतिबेला लमजुङमा एमालेसँग मिलेर चुनावी प्रचारमा लागेका छन् । तर उनले आफूले आफैलाई भोट हाल्न नपाउने भएका छन् । उनी लमजुङका नभइ मनाङका मतदाता हुन् ।

५४७८२१८ मतदाता नम्बर भएका गुरुङ मनाङस्थित नासोङ–४ ओडारका स्थायी मतदाता हुन् । अहिले एमालेले घलेलाई टिकट नदिई गुरुङलाई टिकट दिएको भन्दै उनलाई पाहुना नेताको संज्ञा दिइएको छ ।

यो पनि पढ्नुहोस् ।

मनाङ छाडेर देव गुरुङ किन आए लमजुङ ?