२५ अर्बको हवाइजहाज संग्रहालयमा, विमानबारे जान्न चाहनेका लागि गतिलो गन्तव्य

२५ अर्बको हवाइजहाज संग्रहालयमा, विमानबारे जान्न चाहनेका लागि गतिलो गन्तव्य


कवाडीमा समेत नविक्ने सामग्रीहरुलाई नयाँ सोच र जाँगर चलाइयो भने पुर्नप्रयोग गर्न सम्भव छ नै । यस्तै असम्भव मानिएका विषयहरु पछिल्लो समय नेपालमा सम्भव हुँदै गएका छन् । ३ वर्ष अघि रद्दीको भाउ पनि नबिकेको दुर्घटनाग्रस्त टर्कीस एयरको विमान अहिले संग्रहालय बनाइएको छ ।

विश्वमा नै सबल र लोकप्रिय बन्दै गएको हवाई संग्रहालय नेपालमा पनि निर्माण गरेर निम्न वर्गहरुलाई हवाईजहाज कस्तो हुन्छ भन्ने कौतुहलता मेटाउन यही सम्भव हुन्छ भन्ने सोंचले सफल तुल्याएको छ ।

नेपालमा यसअघि नै अभ्यास भइसकेको हवाई संग्रहालय शनिवारदेखि औपचारिक उद्घाटन गर्दै सर्वंसाधारणका लागि खुला गरिएको हो । झट्ट हेर्दा रोकिएर राखिएको जस्तो देखिने विमान भित्र भने हवाईजहाज सम्बन्धि सम्पूर्ण जानकारी समेटिदै सर्वसाधारणहरुको मनमा उठेका हरेक प्रश्नको जवाफ दिन सफल भएको छ, टर्कीस एयरलाईन्सको विमान, जसलाई संग्रहालय बनाइएको छ ।

२०७१ साल फागुन २० गते त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको टर्कीस एयरको विमानलाई हवाई संग्रहालयमा परिणत गरिएको हो । जुन सबैको आर्कषणको केन्द्रविन्दु बनेको छ । सिनामंगलमा निर्माण गरिएको यो संग्रहालयले विग्रिएका विमानलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने उदाहरण दिन निर्माणकर्ता विमान चालक अर्थात पाइलट बेद उप्रेती सफल भएका छन् । र, यसले थप उडड्यन क्षेत्रमा नयाँ परिवर्तन ल्याउने पाइलट उप्रेतीको विश्वास छ ।

त्रिभुवन विमानस्थल भित्र अझै कति त्यस्ता विमान छन् जुन प्रयोगविहीन बनेका छन् । जसले विमानस्थललाई लाखौं रकम तिरेर विमानस्थलको पार्किङस्थल ओगटेर बसेका छन् । यदि त्यसलाई पनि पाइलट उप्रतीले चालेको कदम जस्तै गरि अघि बढे सर्वसाधारणको नागरिक उडड्यनतर्फको आकर्षण र नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुन सक्ने कुरालाई नकार्न सकिँदैन ।

नागरिक उड््यन र सरकारले यस्तो अभ्यासलाई थप अगाडि बढाएमा जनताले वास्तवमा नै काठमाडौं उपत्यका भित्र घुमघाम र मनोरञ्जनका लागि एवं विमानको बारेमा जानकारी लिने एउटा गतिलो गन्तव्य बन्ने पक्का छ ।