पत्रकारमाथि हुने हिंसा अन्त्य हुनुपर्ने

पत्रकारमाथि हुने हिंसा अन्त्य हुनुपर्ने


नागरिक समाजलाई सुसूचित गराउने पत्रकार माथि हुने हत्या, हिंसा रोक्न सरकार संवेदनशील हुनुपर्ने यहाँ आयोजित भेलामा वक्ताहरुले बताएका छन् ।

फ्रिडम फोरम र नेपाल पत्रकार महासंघ मोरङद्वारा आइतबार आयोजित ‘पत्रकारविरुद्ध हुने अपराध र दण्डहिनता अन्य गर’ विषयक छफलफलमा सहभागी वक्ताले लोकतन्त्रलाई जनताको घरदैलोसम्म पु¥याउन स्वतन्त्र र निर्भिक प्रेसको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुमाथि हुने हत्या हिंसा अन्त्य गर्न माग गरेका छन् ।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले सञ्चारकर्मी माथि हुने दण्डहिनता अन्त्य गर्न विश्वव्यापीरुपमा जगारण अभियान सञ्चालन गरिएको बताउँदै अभिव्यक्ति स्वतन्त्रता कायम राख्न प्रशासन र सुरक्षा निकायसँग आग्रह गरे ।

जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेलले सञ्चारकर्मी माथि हुने हिंसाको अन्त्य गर्न सरकार संवेदनशील भएमा मात्र निष्पक्ष, तटस्थता एवं सन्तुलित समाचार सम्प्रेषण हुनसक्ने धारणा व्यक्त गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सञ्चारकर्मीको सुरक्षामा प्रसाशन सदैव तत्पर रहेको बताउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न र जनतालाई सुसूचित गर्न सञ्चारकर्मीको भूमिका ठूलो रहेको छ, उनले भने ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, नेपाल मानवअधिकार आयोगकी सन्ध्या पुडासाई, सञ्चारकर्मी कुमुम अधिकारी, विक्रम निरौला लगायतले पत्रकार माथि हुने हिंसा अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याई दण्डहिनताको अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे ।

राससका अनुसार यस वर्ष नेपालमा २९ सञ्चारकर्मीमा हिंसा, दुव्र्यवहार भएको सो अवसरमा बताइयो ।