बाँदरमुढे घटनाका पीडितले भने, ‘प्रचण्डले हामी पीडितलाई झुक्काए’

बाँदरमुढे घटनाका पीडितले भने, ‘प्रचण्डले हामी पीडितलाई झुक्काए’


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुलाई झुक्याएको भन्दै बाँदरमुढे घटनाका पीडितहरु आक्रोशित भएका छन् । आइतबार पीडितहरुसँ बसेर गुनासो सुन्ने कार्यतालिका भएपनि प्रचण्डले झुक्याएर आफूहरुलाई नभेटेको बताएका छन् ।

प्रचण्डले पीडितहरुलाई एक ठाउँमा बोलाएर आफू अर्कैतिर गएका थिए । पीडित समितिले जारी गरेको विज्ञप्तीमा उनीहरुलाई विरुवास्थित माडी नगरपालिकाका मेयर ठाकुर ढकालको निवासमा भेट्ने भनी समय दिएका थिए ।

१५ जना पीडितहरुलाई प्रचण्डले विरुवामा बोलाएका थिजए । साँझसम्म कुर्दा पनि प्रचण्ड भेट्न नआएपछि उनिहरु आक्रोशित बनेका हुन् । समितिका अध्यक्ष मुक्तिनाथ दाहालले जारी गरेको विज्ञप्तीमा माओवादी केन्द्रलाई पीडितहरुमाथि यस्ता प्रकारका खेलवाड नगर्न माओवादी केन्द्रलाई चेतावनी दिईएको छ ।