आज कर्मचारीले भोट हाल्न पाउनुपर्ने रिटबारे बहस हुँदै 

आज कर्मचारीले भोट हाल्न पाउनुपर्ने रिटबारे बहस हुँदै 


निर्वाचनमा खटिने कर्मचारीलाई मतदान गर्न दिनुपर्ने माग गर्दै परेको रिटबारे बहस गर्न सोमबार सर्वोच्च अदालतले सम्बन्धित सबै पक्षलाई बोलाएको छ ।

यसबारे राय दिन आइतबार सर्वोच्चले एमिकस क्युरी अर्थात् विज्ञ टोली गठन गरेको थियो ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलाशमा सो मुद्दाको सुनुवाइ हुने भएको छ । निर्वाचनमा खटिने कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले रिट हालेका थिए ।

न्यायाधीशद्वय जोशी र शाहीको इजलाशले नेपाल बार र सर्वोच्च बारबाट एक एक जना विज्ञ माग गरेको छ ।