ओलीसँग यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट

ओलीसँग यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट


नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग यूरोपेली संघका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेकोे छ ।

सिंहदरबारमा भएको सो भेटमा आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका विषयमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीको सकारात्मक भूमिका रहने बताउँदै त्यसको प्रत्यक्ष अवलोकन गर्नका लागि यूरोपेली संघका प्रतिनिधिमण्डललाई आग्रह गरेको भेटमा सहभागी एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमालले बताए ।

निर्वाचन निष्पक्ष गराउनेबारेमा निर्वाचन आयोगको भूमिका र प्रतिबद्धताका बारेमा प्रतिनिधिमण्डलले जिज्ञासा राखेका थिए ।

सो जिज्ञासाका जवाफमा अध्यक्ष ओलीले आफू अहिले कसैलार्ई दोष लगाउने पक्षमा नरहेको भन्दै मतपत्रको विषयमा उठाइएको विवाद निर्वाचन प्रभावित पार्ने लक्ष्यका साथ गरिएको प्रपञ्चको रुपमा लिइएको उल्लेख गरे ।

‘निर्वाचन सार्नका निम्ति प्रयास भएका थिए, ती सफल भएनन् र हुँदैनन् पनि’ अध्यक्ष ओलीले भने । राससका अनुसार नेपाललाई स्थायी सरकार दिन, बिकास र समृद्धितर्फ अघि बढाउनका लागि वाम तालमेल भएको उनको भनाइ थियो ।