पूर्वी चितवनमा सडक दुुर्घटनाबाट एकको मृत्यु

पूर्वी चितवनमा सडक दुुर्घटनाबाट एकको मृत्यु


पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ स्थित तरकारी चोकमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो ।

उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको र अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

उनको साथमा साइकल र एउटा हेल्मेट फेला परेकाले साइकल यात्री भएको अनुमान गरिए पनि अरु कुनै प्रमाण फेला पार्न नसकिएकाले घटनाको अनुसन्धान भइरहेको जिप्रका चितवनले जनाएको छ ।

उनको पहिचानसमेत खुल्न नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गाडी या मोटरसाइकल केले ठक्कर दिएको हो भन्नेसमेत पहिचान हुन सकेको छैन ।

यता रत्ननगरमा एकजना मजदुर नवलकिशोर पासाङले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।