नेपाली राजनेता, लाहुरे र होटलकी कान्छी

नेपाली राजनेता, लाहुरे र होटलकी कान्छी


-बमप्रसाद श्रेष्ठ
आफ्नै देशमा प्राकृतिक देन प्रसस्तै भएर पनि हाम्रो मुलुकका युवकहरूले अर्को देशको मुख ताकी जीविका चलाउनुपर्ने बाध्यता राणाशासन सुरु हुँदादेखि नै देखिएको छ । हाम्रो देशको खोला-नालाबाट हरेक वर्ष लाखौँ क्यूसेक पानी बगी खेर जाने वर्षो बाढीबाहेक स्थायी रूपमा बग्ने पानी पनि यति धेरै छ कि यदि हाम्रो देशको जलस्रोतको हिसाब गरे दक्षिण ओरिकाको ब्राजिल भन्ने मुलुकबाहेक संसारका अन्य ठूला राज्य पनि तल पर्न जान्छन् । मुलुकका हिसाबले नेपाल जति सानो छ यहाँको प्राकृतिक स्रोत भने त्यसको विपरीत अत्यधिक बढी छ, जस्तो- जलस्रोत, वन-जङ्गल, पर्यटन स्रोत, उच्च हिमाल भएकाले पर्यटन स्रोत पनि त्यति नै तगडा छ, स्वीजरल्यान्डलाई माथ गर्ने । उर्वरा जमिन पहाडी भेगको र अति उर्वरा जमिन तर्राईको । यो मुलुक नेपालको कुल क्षेत्रफलमध्ये केवल १३ प्रतिशत स्थायी रूपका हिमालहरू छन् जहाँ अन्नबाली र रूख बिरुवा उमार्न सकिँदैन भने बाँकी ८७ प्रतिशत जमिनमा त जे छरे पनि उम्रने, जे रूख-बिरुवा लगाए पनि उम्रने र फल र काठसमेत दिने देश हो यो । अरू विदेशी मुलुक विशेष युरोपियन मुलुकहरू स्वीजरल्यान्डसमेतमा कुनै प्रकारको अन्नबाली उब्जाउन सकिँदैन सिवाय रूख-बिरुवा र गाई-वस्तुलाई घाँस । त्यस्तो केही अन्नबाली उमार्न नसक्ने मुलुकचाहिँ अति धनी अनि हाम्रो मुलुक जहाँ जे छरे पनि उम्रन्छ, फल दिन्छ, हुँदा-हुँदा फापरजस्तो अन्न बडो रुखो पाखोमा उम्रने अन्न पनि यहाँ सजिले उम्रन्छ त र यस्तो देशचाहिँ अति गरिब भएको कारण के हुन सक्छ – के यो सब नेपालीको भाग्यमा भगवान्ले खेल खेलेकै हो त – अथवा यहाँका शासक पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका शासकहरूले यो देशको उर्वरा शक्तिको र अन्य प्राकृतिक अति बहुमूल्य सम्पदाको पहिचान गर्न र त्यसलाई सदुपयोग गर्न बुद्धि-विवेकले काम नगरेको कारण आज पनि नेपाली युवक-युवतीहरू अति गरिब भई जीविकोपार्जन खातिर अन्य विदेशी मुलुकको मुख ताकी अर्काको भारी बोक्न र मनोरञ्जनका साधन बन्न बाध्य भएका छन् । आफ्नो मुलुकमा भएको प्राकृतिक स्रोतको आफ्नर्ैतर्फबाट परिचालन गर्ने हिम्मत राखी विदेशीहरूको मुख नताकी कर्जाद्वारा अथवा आफ्नै मुलुकका उपयोगी र व्यापारीहरूसँग मात्र रकम सङ्कलन गर्न १०/१५ वर्षका लागि कर्जा लिएर हरेक वर्ष जलस्रोत र वनजङ्गल अथवा पर्यटनमा लगानी गरी आफ्नो प्राकृतिक स्रोतको परिचालन गरे नेपालको युवा जनसङ्ख्या मात्रले नपुगी विदेश भारत अथवा चीनबाट समेत श्रमिकहरू झिकाउनुपर्ने खालका परियोजनाहरू मुलुकमै सिर्जना हुनसक्नेछ । यस्तो परियोजनाको सिर्जना गरे नेपालीले अर्काको मुलुकमा युवकहरूले ‘बहादुर’ कहलाउन र युवतीहरूले बिदेसिएर वेश्यावृत्तिलगायतका पेसामा संलग्न हुनुपर्ने थिएन । तर, यो मुलुकको माटो नै यस्तै हो कि यहाँ फापरबाहेक अन्य अन्न धान, मकै, कोदो फल्ने खालको नेता नै उत्पन्न हुन नसक्ने जसले गर्दा अब त नेपालीले ‘बहादुर’ कहलाउन र वेश्यावृत्ति फस्टाउन विदेश जानै नपर्ने स्थिति हालका नेता भनौंदाहरूको अकर्मण्यताका कारण मुलुकभित्रै सिर्जना भएका छन् । पहिले-पहिले राणा शासनमा त जन्मँदै निरङ्कुश शासकका रूपमा जन्मन्थे र जनतालाई अति शोषण गर्थे । जन्मँदै राणाका छोराहरू फुलल्फेज जर्साहेव कहलाइन्थे । उनीहरू त शोषण गर्ने निरङ्कुश रूपमा जन्मने भएकाले जनतालाई शोषण गर्न त उनीहरूको नैर्सर्गिक अधिकार थियो भने हालका प्रजातन्त्र बढी गणतन्त्रवादी हँु भन्नेहरू आफू पनि जनताकै छोरा हुँ र जनतालाई राहत दिनर्ुपर्छ भनी अहोरात्र भाषण दिन नचुक्ने नेताहरू पनि उही राणाहरू र शाहहरूको सिको गरेर जनताको नाममा शासन गर्ने र जनतालाई राणा र शाहहरूभन्दा बढी नै शोषण गर्दै गरेको देख्दा अङ्ग्रेजीमा भन्ने गरिन्छ- पढेको मूर्खभन्दा नपढेको मूर्ख बेस । अर्थात् जनताको नाममा प्रजातन्त्रको नाम रट्ने र गणतन्त्रको होम गर्नेले जनतालाई शोषण गरेकोभन्दा पहिलेको राणा शाहहरू नै बेस देखिन्छन् । किनकि यी राणा-शाहहरू त जन्मँदै निरङ्कशको माला जप्दै जन्मिएकाले यिनीहरूले जनतालाई निरङ््कुशता लाद्नु र जनतालाई शोषण गर्नु कुनै ठूलो कुरो होइन, यो त यिनीहरूको प्राकृतिक व्यवहार हो । तर, हाम्रा जनताका नेता हुँ भन्नेहरूले जनताको भोट लिएर प्रजातन्त्रको पुजारी हँु, गणतन्त्रको हिमायती हुँ, म जनताप्रति मर्न तयार छु भनी भाषण गर्न नहिच्किचाउनेले जनता मर्‍यो कि बाँचेको छ त्यसको केही ख्यालै नगर्ने र उल्टो जनतालाई विभिन्न कोणबाट शोषण गर्नेहरूको नाङ्गो तमासा आज जनताले चस्मा लगाएर कान थुनेर हर्ेनुपर्दा जनताका लागि को सही राणा वा शाह शासकहरू – कि रातभरमा नेता कहलाइएका राजनेता हँु भन्नेहरू – आज जनताले पसिना काडेर कमाएको रकमबाट ट्याक्स तिरेको रकमबाट सांसद/सभासद् भएर करोडौँको रकम हजम गर्ने नेता हुँ भन्नेहरूले महिनौँमा पनि एउटा प्रधानमन्त्री चुन्न नसक्नु । संसद्मा उपस्थित हुने, हाजिर गर्ने र त्यो दिनको भत्तासमेत महिनाको हजारौँ रुपैयाँ राष्ट्र्रले जनताको पसिनाबाट तिरेको ट्याक्सको पैसाबाट दिँदै आएको र आरामसँग सांसद हुनेहरूले सो भत्ता र तलब लिई काठमाडौंको सहरमा आनन्दसँग दिन बिताउनु नै जनताको आँखामा यिनीहरूले नाङ्गो नाच देखाएको होइन र – कुनै सांसद हुँ भन्नेले आज प्रधानमन्त्रीको चुनाव हुन नसकेको हुँदा आजको भत्ता र तलब हामी लिन्नौँ भन्ने हिम्मत गर्न सके – लबस्तराहरूले लबस्तरो रूपमा पैसा गोजीमा हाल्यो अनि काठमाडौंको राम्रो-राम्रो होटल रेस्टुराँमा एक्लै अथवा अरू साथी संगी-संगिनीहरूसँग मोज गर्छन् । लबस्तराहरूलाई लाज लाग्दैन । के सांसद हुनु भनेको सबै लाज, घीन, सरम पचाउनु हो – आजको सन्दर्भमा हेर्ने हो भने पार्टी भनेको जनताको आँखामा बडी ठूलो भलाद्मीहरू र बुद्धिजीवी र राजनीतिमा खारिएका व्यक्तित्वको जमात हो, सङ्गठन हो भन्ने धारणा बोकेका जनतालाई हिजो-आजका पार्टीका नेताहरूको व्यवहार हेर्ने हो भने एकले अर्कोलाई धोखा दिने, बेइमानी गर्नेसिवाय केही देखिँदैन यस्तो व्यवहारले जनतामा के वितृष्णा फौलायो भने पार्टीहरूको र पार्टीमा काम गर्ने कीमिर्हरूको – कि नेपालमा मात्र यस्तो भएको हो – यो कसले जनतालाई बुझाइदिने – रह्यो अब हाम्रा लाहुरेदाइ जो देशको अथाह प्राकृतिक स्रोतलाई परिचालन गर्न नसकेर मन्त्री भनौँदाहरूले अर्काको ढोका ढकढक्याउँदै हाम्रा जनतालाई तपाईंकोमा विदेशीले निगाह गरी नोकर बनाउन तयार भएकोमा ‘मैले नेपाली जनतालाई विदेशीको गोडा मल्ने नोकरमा भर्ना गरिदिएँ’ भनी आफूले आपै+mलाई धाप मार्दै श्रीमतीको अगाडि हिरो बन्न खोज्ने सरकारप्रमुखहरूदेखि मन्त्री/सहायकमन्त्रीहरूको दिनचर्याको सिकार बनेर विदेशीको गुलामी गरी जीविकोपार्जन गर्न सफल भएका हाम्रो बिदेसिएका युवकहरू लाहुरेको रूपमा जब आफ्नो इमान-जमान सबै जीविकोपार्जन खातिर बेचेर गुलामी गरी केही रकमले गोजी तताएपछि आफूलाई त्यो गरिबको छोरोको रूपलाई चटक्क बिर्सिई सिकन्दर भएको महसुस गरी देशको बोर्डर पार गरेर नेपाल सरहद -सीमा) मा छिर्छ, उसले संसार बिर्सन्छ र आफूलाई विदेशीको दासको रूप ग्रहण गरेको यथार्थ चटक्क बिर्सिई यो देशको सबैभन्दा धनी व्यक्तिको रूपमा आफूलाई रूपान्तर गर्छ । अनि सुनौलीको रेस्टुराँमा छिर्छ र एकदम रवाफ साथ फ्यान्टा, कोकाकोला र लस्सी एकैसाथ अर्डर गर्छ । त्यो आदेश देखेर दोकान्दार पनि छक्क पर्दै उसलाई हर्ेछ अनि उसको आफूप्रतिको तिरस्कृत आँखा र लाडसाहवको स्वरमा आदेश दिन लागेको देखेर उसले फ्यान्टा, कोकाकोलाको दुई बोटल र एउटा गिलास भरी लस्सी बनाई ल्याएर उसको अगाडि राख्छ अनि भन्छ- हजुर अरू केही ल्याऊँ कि – ‘भैगो-भैगो अहिलेलाई यत्ति भए पुग्छ । बसिएछ भने पछि अर्डर गरुँला’ भनी त्यो एकै ज्यानले फ्यान्टा, कोकाकोला पिइसकेपछि कुर्सीमा बसेर लस्सी पिउन सुरु गर्छ ।
त्यहाँबाट गाडी चढी जब भैरहवामा पुग्छ अनि एउटा होटल जो थकाली जातका अथवा अन्य होटल व्यवसायी गर्ने गुरुङनीको होटलमा बास बस्छ तब त्यो होटल सञ्चालकले रात परेपछि सुरा र सुन्दरीको प्रस्ताव राख्छ । गोजी गह्रौं भएको कारण दुवै नभए पनि सुराको अर्डर गर्छ अनि एक बोटल ठर्रा पिएपछि ऊ अचेत हुन्छ र सुत्छ । बिहान उठ्दा त होटलकी मालिक्नी एकजना युवती पठ्ठीसँग कोठाको ढोका अगाडि उभिएकी पाउँछ । अनि भन्छ ‘लौ आमै अब जानर्ुपर्छ के-कति हिसाब भयो हिसाब गरिदिनु भनी सयका नम्बरी नोट दिन्छ, तब बूढीले खाटमुनिबाट ६ वटा ठर्राको बोटल निकालेर हिसाब गर्दै भन्छिन्- ६ छक्का छैहत्तर दस नब्बे अनि दस रुपैयाँ कान्छीलाई नजिक उभिएकी कान्छीलाई पुलुक्क हेरी देखाउँछिन् । नजिक उभिएकी कान्छी पनि मुसुस्क हाँसेर लाहुरेले दिएको एक सयको नोट हजम पार्ने कथा भैरहवामा व्याप्त छ । अब यो मुलुक कसको भरमा अड्ने – ठूलो प्रश्न छ सर्वसाधारणको । अब को सफल को असफल – निरङ्कुश राणा या शाहहरू, प्रजातन्त्रवादी, गणतन्त्रवादी, जनताका लागि मरिमेट्ने प्रण गर्ने राजनेता हुँ भन्नेहरू, लाहुरे हो या होटेल्नी र कान्छी –