माओवादीको नया“ चाल-देवप्रकाश त्रिपाठी

माओवादीको नया“ चाल-देवप्रकाश त्रिपाठी


सिकार सिंहले पनि गर्छ, तर सिकार गर्नुअघि आफ्नो सम्भावित आहारलाई उसले ललाइ-फकाई गर्दैन, सीधै आक्रमण गर्छ र सिकार बनाउ“छ । सिंहझैं ब्वा“सो पनि मांसाहारी हो, उसले पनि भोजनका लागि सिकार गर्नर्ैपर्छ, तर उसको सिकार गर्ने काइदा नितान्त भिन्न हुन्छ । ब्या“सोले सिकार गर्नुअघि लक्षित जनावरलाई फकाउ“छ । जनावर ब्वा“सोप्रति ढुक्क -विश्वस्त) भएपछि अचानक हमला गरेर आफ्नो सिकार बनाउनु ब्वा“साहरूको विशेषता हो । जसरी ठग्नुअघि ठगहरूले गुलियो शब्दजाल बिछ्याएर मानिसलाई विश्वास दिलाउ“दै आफ्नो मतलब पूरा गर्छन् ठीक त्यसैगरी ब्वा“सोले पनि जनावरकै हितमा काम गर्दै छु भन्ने आभास दिलाएर सिकार गर्ने गरेका हुन्छन् । धेरै मानिसलाई सिंह र ब्वा“सोको सिकार काइदाबारे जानकारी छ, तर माओवादी कम्युनिस्टहरूले मानिसलाई कसरी माकुरीजालमा पार्छन् र आफ्नो गन्तव्य हासिल गर्ने गर्छन् भन्ने कुराको जानकारी पाउन भने तिनको इतिहास र वर्तमानको सूक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ ।
कस्ता विषय, एजेण्डा या माग अघि सार्दा धेरैभन्दा धेरै मानिसको मन जित्न सक्ने ठानिन्छ ठीक त्यस्ता मुद्दा उठाउने र जनसमूहको ध्यान आफूतिर आकरि्षत गर्ने काम माओवादीले गर्छन् । उनीहरूका दृष्टिमा आफ्नो नेतृत्वको सत्ता मात्र निरपेक्ष अन्य सबै पक्ष र विषय सापेक्ष हुन्छन् । आमजनता र अन्तर्राष्ट्रिय समुदायको समेत चासो नेपालको शान्ति र नया“ संविधान निर्माणमा केन्दि्रत रहेको देखिएपछि माओवादीले पनि पालुङटार बैठकपश्चात् ‘शान्ति र संविधान’मा ‘फोकस’ गर्ने निर्णय लिएको छ । माओवादी जो क्रान्तिकालमै छ र जनवादी क्रान्ति सम्पन्न भइसकेपछि मात्र मुलुकमा शान्ति छाउने विश्वास गर्छ, जसको लोकतान्त्रिक संविधान निर्माणप्रति कुनै चासो र सरोकार पनि रह“दैन, तिनले अहिले ‘शान्ति र संविधान’प्रति गम्भीर भएको देखाउने निर्णय लिएका छन् । यस निर्णयलाई नाजायज, अनुपयुक्त या बेठीक भन्न सकि“दैन र भन्नु हु“दैन पनि । तर, माओवादीले किन र कुन उद्देश्यपूर्तिका लागि ‘शान्ति र संविधान’जस्तो लोकप्रिय नारालाई आफ्नो गहना बनाएर नाक-कानमा झुन्ड्याउ“दै छ भन्नेबारेमा भने स्पष्ट हुन आवश्यक छ ।
माओवादीलाई सच्चा कम्युनिस्ट मान्ने हो भने उनीहरू कहिल्यै देशभक्त हु“दैनन्, अन्तर्राष्ट्रवादमा उनीहरूको विश्वास-दर्शन अडिएको हुन्छ । तर, राष्ट्रवाद र देशभक्तिको गीत गाउ“दा फाइदा हुने अवस्था रहिञ्जेल उनीहरू देशभक्तिको गीत यसरी गाउ“छन् कि अरूहरू सबैको र राजा महाराजाहरूको देशभक्तिसमेत ओझेलमा पर्न जान्छ । जुन शक्ति र विचार संसारमा देशको अवधारणाको विरुद्ध छ त्यही शक्ति अहिले नेपालमा देशभक्तिको चर्को राग अलाप्दै छ ।
माओवादीलाई साम्यवादी ठान्ने हो भने उनीहरू जातिपातिका पक्षपाति कहिल्यै होइनन् भन्नर्ुपर्ने हुन्छ । तर, माक्र्सवाद, लेनिनवाद र माओवाद नबुझने जनसमूहलाई आफ्नो पक्षमा परिचालन गर्न माओवादीले जातीय राज्यको अवधारणा अघि सारे । उनीहरू अहिले पनि आत्मनिर्णयसहितको जातीय राज्यको वकालत गर्दै छन् । असली साम्यवादीहरूले जातीय राज्यको अवधारणा स्वीकार गर्न सक्दैनन् तसर्थ माओवादीहरूले कालान्तरमा आफ्नो सक्कली रूप देखाउ“दा साम्यवाद या जातिवाद दर्ुइमध्ये एउटालाई छोड्नैपर्ने हुन्छ । जुन छोडे पनि उनीहरूले एउटा पक्षविशेषलाई धोखा दिनैपर्नेछ । तत्काल अधिसङ्ख्यकहरूको ध्यान आकरि्षत गर्न र आफ्नो पक्षमा परिचालन गर्न जातीय राज्यको वकालत गरिरहनु माओवादीको बाध्यता बनेको छ । चीनमा माओले पनि युद्धकालमा आत्मनिर्णयसहितको स्वायत्त राज्यको नारा दिए, तर सन् १९४९ मा सम्पूर्ण सत्ताको मालिक आफू भइसकेपछि उनले एकात्मक अवधारणाबाट हलचल नभईकन सर्वहारा अधीनायकवादको मात्र वकालत गरे, आत्मनिर्णयसहित स्वायत्त राज्यका कुरा सम्पूर्ण सत्ताप्राप्तिस“गै विर्सर्जित हुन पुग्यो । नेपाली माओवादीले पनि एउटा निश्चित कालखण्डमा साम्यवाद या जातिवाद दर्ुइमध्ये एउटालाई धोखा दिनैपर्ने हुन्छ, तर तत्काल उनीहरूका निम्ति साम्यवादभन्दा जातिवाद नै प्रिय देखिएको छ, किनभने जातीय समुदायलाई नभड्काईकन आफ्नो ‘मकसद’ पूरा हु“दैन भन्ने कुराको जानकारी प्रचण्डहरूलाई छ ।
हिजो संविधानसभामार्फत संविधान निर्माण गर्ने कुरा जनताको ध्यान आफूतिर केन्दि्रत गर्न सकिने एउटा प्रभावकारी नारा थियो । विद्यार्थी, युवा र सहरिया बुद्धिजीवी, शिक्षक एवम् पत्रकारहरूलाई आकरि्षत गर्न ‘संविधानसभा’को नाराले मुख्य भूमिका निर्वाह गरेको पनि हो । एक समय नेपालवासी र नेपालबारे चासो राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत संविधानसभा प्राप्त भएपछि माओवादी हतियार, हिंसा र सर्वसत्तावादी चिन्तनधारबाट बाहिर आउने विश्वास थियो । तर, संविधानसभा मात्र होइन सभामा सबैभन्दा ठूलो दलको हैसियत र गणतन्त्र नै प्राप्त हु“दा पनि माओवादीमा कुनै परिमार्जन र परिवर्तन आएन । संविधानसभा संविधान बनाउनका लागि होइन बहुसङ्ख्यक मानिसहरूलाई आफ्नोतर्फ आकरि्षत गर्नका निम्ति मात्र अघि सारिएको पुष्टि व्यवहारतः करिब भइनै सकेको छ । यो संविधानसभाले पूर्ण संविधान, सर्वमान्य संविधान या संविधान बनाउने आशा अब गर्न छोडिएको छ । तर, आगामी जेठ -२०६८) चौध गतेभित्र आफूहरूको नेतृत्वमा सरकार बन्न सकेन भने माओवादीले संविधानसभाको कार्यकाल पुनः थप गर्ने अग्रसरता औपचारिक या अनौपचारिक रूपमा अवश्य लिनेछ । उक्त समयसीमाभित्रै माओवादी सत्तारुढ हुन सकेको अवस्थामा भने यही संविधानसभाले निरन्तरता पाउने अनुमान गर्नु सोह्रैआना गल्ती हुनेछ । जसरी भए पनि सत्ताप्राप्त गरिसकेपछि आफ्नो सर्वसत्ताको सुदृढीकरण उनीहरूको एक मात्र ध्येय हुनेछ ।
‘शान्ति र संविधान’ वर्तमानको यति प्रिय नारा हो कि जसमा बिमति रहने सम्भावना अत्यन्त न्यून मात्र छ, तर यो यति अमर्ूत छ जसको अर्थ जसरी लगाए पनि हुन्छ । गन्तव्य जनगणतन्त्र, उर्फनया“ जनवादी उर्फसर्वहारा अधिनायकवादी क्रान्तिको, तर नाराचाहि“ शान्ति र संविधानको । शान्ति र संविधान भनिरहने तयारीचाहि“ विद्रोह र क्रान्तिको गर्ने कार्यनीतिक चालबाजीअर्न्तर्गत तर्जुमा भएको नारा हो यो । केही नाराहरूले जनताको ध्यानाकरि्षत गर्न नसकेपछि रसियामा लेनिनले रोटी र बासको नारा तय गरेको र यही लोकप्रिय नाराले बोल्सेविक क्रान्ति सम्पन्न गर्न सहयोग पुर्‍याएको यथार्थलाई केलाउने हो भने माओवादीले अघि सारेको ‘शान्ति र संविधान’को नाराको अर्थ बुझन अझ सहज हुन्छ । माओवादीले आगामी दिनहरूमा जे-जस्ता सम्झौता या सङ्घर्ष र वितण्डाहरूको अगुवाइ गर्नेछ त्यो ‘शान्ति र संविधान’कै नाममा हुने स्पष्ट छ, तर उसलाई चाहिएकोचाहि“ शान्ति र संविधान नभई ‘क्रान्ति र सत्ता’ हो भन्नेमा द्विविधा राख्नुपर्ने कुनै कारण देखि“दैन । ‘ओठमा राम-राम बगलीमा छुरा’ उखानको चरितार्थ गर्ने भूमिकामा रहेका माओवादीहरूले संविधान निर्माणका नाममा त्यस्ता प्रावधानहरूमा मात्र सहमति जनाउने छन्, जसको दूरगामी मूल्य रहनेछैन या जसलाई अहिले सहमति भए पनि आवश्यक परेका बेला सजिलै भत्काउन सकिनेछ । त्यस्ता प्रावधानहरूमा उनीहरूको असहमति जीवित रहनेछ जसमा सहमति जनाउ“दा आफूहरूको पोल खुल्ने या पछि अवज्ञा गर्न मुस्किल हुनेछ । बहुलवादमा असहमति जनाउनु र त्रिखम्बीय अर्थनीतिमा सहमति जनाउनुलाई एक दृष्टान्तका रूपमा लिन सकिन्छ । तर अर्को बुझनैपर्ने कुरा के हो भने नया“ जनवादी या जनगणतन्त्रात्मक कथित क्रान्तिको अवस्थामा पनि निजी सम्पत्तिमाथिको स्वामित्व कायम गरिएको हुन्छ । उनीहरूले राजनीतिक नेतृत्व -कथित) सर्वहाराको भए पनि आर्थिक ढा“चाचाहि“ पु“जीवादी नै कायम गरेका हुन्छन्, त्यसैले त्रिखम्बीय आर्थिक ढा“चामा माओवादी सहमत हुनुलाई कुनै ठूलो माछा मारिएको घटना-सन्दर्भका रूपमा बुझेर मुस्कुराइरहनुपर्दैन । यो उनीहरूको कार्यनीतिभन्दा बाहिरको विषय होइन ।
माओवादीहरू ‘सिंहनीति’ होइन ‘ब्वा“सो नीति’अनुरूप क्रियाशील भइरहेका छन् । ‘शान्ति र संविधान’को गीत गाउ“दै तिनले रच्नसक्ने वितण्डाबारे जानकारी पाउन सकिएन भने शान्ति र संविधान त हामीले प्राप्त गर्ने छैनौ“ नै, प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्न पनि हामी असमर्थ रहनेछौ“ ।