लमजुङमा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसलाई सहयोग गर्ने

लमजुङमा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसलाई सहयोग गर्ने


लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ ।

मंसीर १० गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो ।

सोमबार काँग्रेस र राप्रपा प्रजातान्त्रिकबीच बसेको बैठकले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार राप्रपा प्रजातान्त्रिक लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठ र नेपाली काँग्रेस लमजुङका जिल्ला सचिव हरिप्रसाद बराल एक सहमतीपत्रमा हस्ताक्षर समेत भएको छ ।

सहमति पत्रमा भनिएको छ, लोकतन्त्रमाथि आउन सक्ने सम्भावित चुनौतीलाई मध्यनजर लाग्दै लोकतान्त्रिक पद्धतीको संरक्षणका लागि प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरिएको छ ।

साथै प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेसलाई भोट हाल्न सबै राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ ।