ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु


ट्र्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो ।

क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पु¥याएपछि साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । राससका अनुसार ठक्कर दिने ट्र्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।