यो सडक हो कि धराप ?

यो सडक हो कि धराप ?


पशुपतिनाथको दर्शन गरेर घर फर्किने क्रममा एक वृद्धा लडेर घाइते भएकी छिन। उक्त घटना काठमाडौं महानगरपालिका वडा नम्वर ८ को कार्यालय जयवागेश्वरी आज विहान घटेको हो ।

९१ वर्षीया वृद्धा बाटो काट्दा फलामको रडमा अल्झिएर लडेकी थिइन् । उठ्न नसकेपछि ती वृद्धालाई पछि स्थानियवासीले उद्धार गरी ट्याक्सीमा राखेर घर पठाएको अनुराज गौतमले जानकारी गराएका छन् ।

यतिबेला काठमाण्डौंका सड्कहरु कति दुराअवस्थामा छन, त्यसको चर्चा नगर्नु नै वेस होला । अझ अहिले पुरानो बानेश्वरदेखि चावहिलको सडक अत्यन्तै नाजुक छन । साँचो रुपमा भन्नुपर्दा त्यो सडकमा सवारी साधन चलाउन समेत मिल्दैन ।

जताभावी सडक खनेर सडकको कुरुप हुनुको साथै खाल्डैखाल्डो मात्र छन । यस्तोमा सड्क खन्दा निस्किएका फलामका रडहरुले सवारी साधन देखि बटुवाहरुलाई दिएको दुःख कहाली लाग्दो छ । सडकमा ठाडो परेका ति रडहरुले प्रत्येक दिन दुर्घटना निम्त्याईरहेका छन् ।

आज विहान तिनै रडमा परेर वृद्धाले झण्डै ज्यान गुमाउनु परेको थियो । त्यसैले सम्वन्धित निकायले यस्ता कुरामा हेलचेक्राई गरे अरु पनि दुर्घटना पर्ने देखिन्छ । यसको निराकरणको जिम्मेवार पक्ष को हो, तिनीहरुको ध्यान पुग्नुपर्ने जरुरी भैसकेको छ ।