निर्वाचनमा आठ दिन विद्यालय बन्द हुने

निर्वाचनमा आठ दिन विद्यालय बन्द हुने


आगामी मंसिर १० र २१ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा आठ दिन विद्यालय बन्द हुने भएका छन् । शिक्षा विभाग सानो ठिमीले मंसिर ४ गते गरेको निर्णयमा यसबारे उल्लेख गरिएको छ ।

शिक्षा विभागले क्षेत्रिय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गर्दै पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ गतेदेखि र दोश्रो चरण निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । साथै विभागले सोहिबमोजिम व्यवस्था मिलाउन क्षेशिनि र जिशिकालाई निर्देशन दिएको छ ।

विभागको यो निर्णयले अब दुई चरणमा हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा आठ दिन विद्यालय बन्द हुनेछन् । त्यस्तै विभागले यो आठ दिनको विदालाई हिउँदे वा बर्षे विदामा समायोजन गरी अध्ययन, अध्यापन कार्य सञ्चालन गर्न निर्देशन दिएको छ ।

निर्वाचनका क्रममा विद्यालय मतदान केन्द्रको रुपमा प्रयोग हुने र शिक्षकहरू निर्वाचनमा खटिने कुराको शिक्षा विभागले जानकारी गराउँदै पहिलो र दोश्रो चरणमा चार, चार दिनको सार्वजनिक विदा दिने निर्णय गरिएको बताएको छ ।