गोरखाको सौरपानीमा आचारसंहिता उलंघन, बाम गठबन्धनको भोजभतेर

गोरखाको सौरपानीमा आचारसंहिता उलंघन, बाम गठबन्धनको भोजभतेर


गोरखा सुलिकोट गाउँपलिका वडा नं ४ सौरपानीमा आचारसंहिता उलंघन गरी बाम गठबन्धनले भोजभतेर आयोजना गरेका छन् ।

यही आइतबार अर्थात मंसिर १० गते हुन लागेको निर्वाचनको विहिबार रातीदेखि मौन अवधि सुरु भएपनि आज शुक्रबार भोजभतेर गरेका हुन् ।

निर्वाचन आयोग गोरखाले यसलाई खासै वास्ता गरेको छैन । गोरखा क्षेत्र नं २ मा पर्ने उक्त गाउँपालिकामा प्रतिनिधीसभाको तर्फबाट लोकतान्त्रिक गठबन्धनमा डा. बाबुराम भट्टराई र बाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेका छन् ।

आयोगको निर्देशन यस्तो छ
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई मौन अवधीभर समाहरोह तथा भोजभतेर आयोजना नगर्न निर्देशन दिएको छ ।

सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन समस्या हुने भन्दै आयोगले चियापान समारोह तथा भोजभतेर आयोजना नगर्न निर्देशन गरेको हो ।

आयोगले यदि कोही कसैले आचारसंहिता उल्लंघन गरे एक लाख जरिवाना र उम्मेदवारको उम्मेदवारी खारेज गर्ने जनाएको छ ।